Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “सुर्तीजन्य पदार्थ निषेधित नगरपालिका बनाउँने अभियानमा अब नगरबासीले संकल्प गर्ने बेला आएको छ”— कनकाई नगरप्रमुख पोखरेल
    समाचार

    “सुर्तीजन्य पदार्थ निषेधित नगरपालिका बनाउँने अभियानमा अब नगरबासीले संकल्प गर्ने बेला आएको छ”— कनकाई नगरप्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०८० असार ३१, आईतवार १३:५० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थलमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । कनकाई नगरपालिकाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्दै साउन १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।


    नगरपालिकाले केही दिन अघिदेखि नै सूचना जारी गर्दै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने जानकारी गराउँदै आएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । सोही क्रममा आइतवार नगरले सचेतना कार्यक्रम मार्फत नगरका विभिन्न वडामा नगर प्रमुख पोखरेल सहित सम्बन्धित वडाका जनप्रतिनिधिहरुले स्थानीय राजनीतिक दलका प्रतिनिधि, संघसंस्था, व्यवसायी, सुरक्षाकर्मी, संचारकर्मी, स्थानीय बाल क्लव सहितको टोलीले सुरुङ्गा बजार परिक्रमा गरेको छ ।

    यसै क्रममा कनकाईको वडा नं.३ मा वडाअध्यक्ष युवराज चम्लागाईँको अध्यक्षतामा सुरुङ्गा चोकमा कोण सभाको आयोजना गरी बजार परिक्रमा गरिएको हो । वडा सदस्य गोविन्द सुवेदीले संचालन गरेको कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरबासीलाई सम्बोधन गर्दै सचेत नगरबासीको गौरबलाई निरन्तरता दिनकालागी कनकाई नगरपालिकालाई सुर्तीजन्य पदार्थ निषेधित नगरपालिका बनाउँने अभियानमा अब सम्पूर्ण नगरबासीले संकल्प गर्ने बेला आएको बताएका छन् । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागु हुनेगरि सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको नगर प्रमुख पोखरेल बताउँछन् ।


    नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐन बमोजिम बिक्री वितरण कर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना गरिने बताइएको छ । प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ ।


    नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् । ’गुट्खा, सुर्ती, पराग, चुरोट लगायतको खोल–ठुटा यत्रतत्र फालिँदा वातावरण प्रदूषणसँगै नगर नै कुरुप देखिन थालेको बताउँदै कनकाई नगर प्रमुख पोखरेलले कनकाईका सबै राजनीतिक दलले समेत स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने यस्ता वस्तुको बिक्री–वितरणमा निषेध गर्न ऐक्यबद्धता जनाएको बताइएको छ । राजनीतिक दलका प्रतिनिधिहरूले समेत सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने नगरको निर्णयमा सहमति जनाएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.