Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एनएमसीमा शिवाकोटी नेतृत्वको टिमले गर्यो पदभार ग्रहण
    समाचार

    एनएमसीमा शिवाकोटी नेतृत्वको टिमले गर्यो पदभार ग्रहण

    कनकाई खबरBy कनकाई खबर२०८० असार ३१, आईतवार ०३:३२ गते2 Mins Read

    कनकाई खबर \ झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)मा ठाकुरप्रसाद शिवाकोटी नेतृत्वको टिमले औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।

    झापासहित इलाम र मोरङ जिल्लामा समेत गरी ५८ वटा सेवा केन्द्रबाट वित्तिय कारोबार संचालन गर्दै आएको एनएमसीले बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा शनिवार आयोजित एक विशेष समारोहका विच पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । आगामी कार्यकालकालागी नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथ ग्रहणसहित पदभार ग्रहण गरेका हुन् । यही जेठमा नयाँ कार्य समितिको निर्वाचन भएको थियो । संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले अहिलेसम्म संस्थाको नेतृत्व गर्दै आएका थिए । चार वर्षे कार्यकाल रहेको समितिमा अब शिवाकोटी नेतृत्वको कार्यसमितिले एनएमसीको सञ्चालन गर्ने भएको छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, रामप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल भट्टराई, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली सर्वसम्मत चयन भएका छन् । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहाल साथै सदस्यमा फाल्गुणी दाहाल र एकेन्द्र उप्रेती चयन भएका छन् । निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती संस्थाको नयाँ व्यवस्था अनुसार कार्य समितिको वरिष्ठ सदस्यको रुपमा रहने बताइएको छ ।

    कार्यक्रममा निर्वाचन समिति संयोजक हरिचरण शिवाकोटीले संस्थाका अध्यक्ष शिवाकोटी नेतृत्वको कार्यसमिति तथा लेखा सुपरिवेक्षण समितिलाई पदस्थापना तथा सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिका सदस्य टीका प्याकुरेलले स्वागत गरेको कार्यक्रममा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, प्रदेश रजिस्टार हरिबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।

    संस्थाका निबर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी विभागका रजिस्टार नवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा निबर्तमान अध्यक्ष उप्रेतीले सातौं संचालक समितिका तर्फबाट २०७६ साउन १ गतेदेखी २०८० असार मसान्त सम्मको कार्यकालको समिक्षात्मक मन्तव्य राखेका थिए । वि.सं. २०५० मा स्थापना भएको संस्था एनएमसीका संस्थापक अध्यक्ष समेत रहेका उप्रेतीले स्थापनाकालदेखी नै सधैं अग्रणी सहकारी संस्थाको रुपमा रहेर समाजमा बेग्लै पहिचान बनाएको बताए । एक लाख ५२ हजार ३ सय ४५ सदस्य संख्या रहेको एनएमसीको हाल सम्मको चुक्ता शेयर पुँजी एक अर्ब, ३९ करोड, ९६ लाख, ५६ हजार रहेको अध्यक्ष उप्रेतीले जानकारी दिए । बचत तथा ऋण व्यवसाय सहित ५ वटा विभिन्न व्यवसाय संचालन गर्दै आएको एनएमसीमा ९ अर्ब भन्दा बढी निक्षेप र १० अर्ब ५० करोड भन्दा बढी कर्जा परिचालन भइरहेको बताइएको छ ।

    निर्वाचन समितिको कार्यक्रमको सञ्चालन समितिका सदस्य लोकराज ढकालले गरेका थिए भने संस्थाको औपचारिक कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.