Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नगर सभा सम्पन्न गर्दै कनकाईले पत्रकारसहित २ दर्जन व्यक्तित्वलाई गर्यो सम्मान
    समाचार

    नगर सभा सम्पन्न गर्दै कनकाईले पत्रकारसहित २ दर्जन व्यक्तित्वलाई गर्यो सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८० असार ३०, शनिबार ०५:५० गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले १३ औं नगर सभा सम्पन्न गरेसँगै नगरको विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।


    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्व एवं उपप्रमुख आशा शिवाकोटीले स्वागत गरेको सम्मान सहितको नगर सभाको चौथो बैठकबाट नगर तथा वडाको आगामी आर्थिक वर्ष २०८० \ ०८१ को बजेट सार्वजनिक एवम् पारित भएको हो । नगरपालिकाको सभा हलमा सम्पन्न सभामा नगरले उपलब्ध गराएको सिलिङ बजेटका आधारमा नगरका नौ वटै वडाले आ–आफ्नो आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् ।


    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगर प्रमुख पोखरेलले नगरबासीको धेरै आवश्यकता र आकांक्षा भएपनि सीमित स्रोत–साधनका कारण सबै पूरा हुन नसकेको प्रष्ट पारे । आज भन्दा ६ वर्ष अघि गाउँका बाटाहरुमा हिँड्दा पेन्ट र जुत्ता खोलेर हिँड्नु पथ्र्यो भने आजको परिस्थिती अर्कै भइसकेको बताउँदै नगर प्रमुख पोखरेलले जनप्रतिनिधि बनेर आफूहरु जिम्मेवारीमा आएपछि दोब्बर भन्दा पनि बढी विकास भएको बताए । कनकाईमा सबैले अनुभव गर्न सक्ने गरीको काम भइरहेको भएपनि अझै जनताका आवश्यक्ता सम्बोधन गर्ने प्रयासमा नगरपालिका सधैं सकारात्मक रहेको भन्दै नगर प्रमुख पोखरेलले सबैमा रचनात्मक सल्लाह सुझावकालागी अनुरोध गरे ।


    उपप्रमुख आशा शिवाकोटीले आर्थिक अभावकै बीचमा योजनाहरुको प्राथमिकीकरण गरेर आवश्यकताका आधारमा काम गर्नुपर्ने भएकाले एकै पटकमा धेरै काम सम्पन्न हुन नसक्ने बताएकी छन् ।

    कार्यक्रममा एक जना पत्रकारसहित दुई दर्जन व्यक्तित्वलाई सम्मान एवम् प्रशंसा पत्र प्रदान गरिएको छ । ठोस खबर अनलाइनका संचालक तथा सम्पादक साथै कनकाई खबर साप्ताहिकमा समेत कार्यरत पत्रकार, कनकाई सुरुङ्गा प्रेस क्लवका कोषाध्यक्ष चुडामणि तिम्सिना (सीएम शर्मा) लाई यस वर्षको कनकाई विकास पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट नगरको समग्र विकासमा सहयोग पु¥याएको भन्दै पत्रकार शर्मालाई नगद रू १० हजार सहित सम्मानपत्र प्रदान गरिएको हो ।


    त्यस्तै उत्कृष्ट करदाताका रुपमा कुमारमणि पोखरेल, चम्पा खनाल सुवेदी, प्रफुल्ल पोखरेल, शम्भु शाह, राजकुमार राजवंशी, छत्रबहादुर कार्की, बुद्धिमान बोहोरालाई सम्मान गरिएको छ ।
    त्यस्तै, नगरपालिकाले नगरका तीनजना सेवानिवृत्त स्वास्थ्य स्वयम् सेविकालाई नगद रू एक लाखसहित सम्मान गरेको छ । स्वास्थ्य स्वयम् सेविका सुमित्रा नेपाल, राधादेवी कोइराला र देवीकुमारी पौडेललाई जनही रू एक \ एक लाख सहित सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै नगर अस्पतालमा २७वर्ष काम गरेर सेवानिवृत्त भएकी कनकाई नगर अस्पतालकी नर्सिङ निरीक्षक वरिष्ठ नर्स सरस्वती मास्केलाई समेत नगरपालिकाले सम्मान गरेको छ ।


    नगरपालिकाले उत्कृष्ट श्रमजीवि नागरिकका रुपमा कनकाई ७ का जेष्ठ नागरिक लक्ष्मीप्रसाद दाहाललाई नगद रू १० हजारसहित सम्मान गरेको छ ।
    सम्मानकै क्रममा उत्कृष्ट कृषकका रुपमा झम्पलाल आचार्य र रविलाल भट्टराई तथा उत्कृष्ट उपभोक्ता संस्थाका रुपमा ज्येष्ठ नागरिक भवन निर्माण उपभोक्ता समिति कनकाई वडा नं.३ का जेष्ठ नागरिक टिकाप्रसाद बजगाइँलाई समेत सम्मान गरेको छ ।

    कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा नौ जना कर्मचारीलाई सम्मान गरियो । नगरपालिकाका सुचना प्रविधि शाखाका अधिकृत खगेन्द्र मिश्र, इन्जिनियर विशाल थेवे, लेखा शाखाका कर्मचारी प्रकाश अधिकारी, कार्यालय सहयोगी बबिता गदाइली, तारादेवी पोखरेल, हलुका सवारी चालक मजेबुल मियाँ, हेबी सवारी चालक सोभित राई, स्वास्थ्यसेवा केन्द्रका स्वास्थ्यकर्मी समिक्षा खतिवडा(वडा नं.४) पवित्रा याक्सो(वडा नं.५) लाई नगद रु१० हजारसहित सम्मान गरिएको हो ।


    सम्मानित सबैलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशा शिवाकोटीले सम्मान पत्रसहित नगद प्रदान गरेका हुन् । कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई–७ का वडाअध्यक्ष भिष्मभुषण सिटौला, कार्यपालिका सदस्य नवलकिशोर दत्त, वडासदस्य निर्मला खड्का, सम्मानित व्यक्तित्व शम्भु शाह, सरस्वती मास्के, झम्पलाल आचार्य लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.