Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा झापा गाउँपालिका अध्यक्ष सहित ११ जना विरुद्ध मुद्दा दायर
    राष्ट्रिय

    सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा झापा गाउँपालिका अध्यक्ष सहित ११ जना विरुद्ध मुद्दा दायर

    कनकाई खबरBy कनकाई खबर२०८० असार २७, बुधबार १५:४२ गते2 Mins Read

    झापा \ झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा बुधबार आरोप पत्र दायर गरेको हो ।

    पालिकाले लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको ७ किलोमिटर सडक निर्माणमा भ्रष्टाचार गरेको आयोगको ठहर छ । ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ योजना निर्माणमा २२ लाख ९ हजार ८२३ रुपैँया ४० पैसा झुठो बिल भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी बढी भुक्तानी दिएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले जानकारी दिए ।

    आयोगले पालिका अध्यक्ष साह, तत्कालिन उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इञ्जिनियर अभिषेक दास र सव–इञ्जिनियर विज्ञान चम्लागाई तथा वडा नम्बर ६ का तत्कालिन वडाध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का मोतिलाल गणेश विरुद्ध कैद र जरिवानाको माग गरेको छ ।

    त्यस्तै उपभोक्ता समिति अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शान्तादेवि भनिने शन्तमाया सुब्बा विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको ठहर गर्दै २२ लाख ९ हजार ८२३ रुपैँया ४० पैसा विगो कायम गरी विगो जफत गर्न आयोगले माग गरेको छ । 

    बेरुजुको चाङ रहेको झापा गाउँपालिकामा गत बर्षसम्मको ७ करोड ८१ लाख २६ हजार बेरुजु रहेको छ ।  

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.