Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ
    कनकाई खबर बिशेष

    पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० असार २७, बुधबार ०७:१९ गते2 Mins Read

    कनकाई खबर/ पशुपति दर्शन गर्न आएका दुई भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ

    ।ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो।कैलाली घर भई माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ र सुनसरी घर भई चाबहिल बस्ने ४० वर्षीय इन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।त्यस्तै, धादिङ घर भई सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ र २२ वर्षीया रिया साह ठकुरी पक्राउ परेका छन्।

    उनीहरूले भारतीय नागरिकहरूलाई डान्स बारमा लगेर ठगेको आरोप छ। परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए। गाडीमा आएका उनीहरूलाई एक जना व्यक्तिले रोकेर तपाई‌ंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भनेका थिए। त्यसरी विश्वासमा लिएर ती व्यक्तिले भारतीय नागरिकहरूलाई काठमाडौं महानगर-९ रातोपुलस्थित ज्याक डेनिस डान्स बारमा लगेका थिए।

    त्यहाँ महिला कर्मचारी समेतको संलग्नतामा डर-त्रासमा पारेर २८ हजार भारतीय रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। उनीहरूले उक्त रकम मोबाइल बैंकिङ सेवामार्फत् ट्रान्सफर गर्न लगाएको र ५ हजार नगद समेत लुटेको प्रहरीले जनाएको छ। उक्त खबर पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि आपराधिक विश्वासघात कसुरमा काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरी वृत्त गौशालाबाट यस घटनाको थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

    सेतोपाटीबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.