Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » व्यवसायीहरुको पहिलो रोजाई बन्दै दुर्गापुर बजार
    समाचार

    व्यवसायीहरुको पहिलो रोजाई बन्दै दुर्गापुर बजार

    ramBy ram२०७६ श्रावण ३०, बिहीबार ०२:३५ गते4 Mins Read

     

    राम निरौला

     दुर्गापुर  /  बजार क्षेत्रको जमिन लामो समयदेखी विवादित अवस्थामा रहेकोले निकास पाउँन ढिलाई भएपछि पिछडीएको झापाको दुर्गापुर बजार अहिले स्वर्ण महोत्सव मनाउँने तयारीमा छ ।

      जिल्लाकै पुराना बजारहरु मध्येको एक मानिने पूर्वपश्चिम लोकमार्गसँगै जोडीएको कनकाई नगरको वडा नं.७ मा पर्ने यो बजारले ५० वर्षपछि मुहार फेर्न थालेको हो । दिनप्रतिदिन फोहोर, मैला र दुर्गन्धले अव्यवस्थित बन्दै गएको दुर्गापुर बजारले जनप्रतिनिधि नै पर्खिएको महसुस गर्न थालिएको छ । जनप्रतिनिधिहरुले स्थानीय तहको नेतृत्व सम्हाले यता दिनप्रतिदिन व्यवस्थित बन्दै गएको दुर्गापुर बजारमा अहिले नयाँ व्यवसायीहरुको चहलपहल बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

       मुख्य वजार क्षेत्रमा मात्र स्थायी, अस्थाई गरी ३ सय बढी व्यवसायीहरु रहेको यस बजारमा आइतवारका दिन व्यापार व्यवसाय गर्न भारतको पानी ट्याङ्की,जोगमुनी, धरान, इटहरी, इनरुवा, दमक, काकरभिट्टा, धुलावारी लगायतका स्थानवाट व्यवसायीहरु आउँने गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद भट्टराईले बताएका छन् । बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठको नेतृत्वमा रहेको समितिले व्यवस्थित बजारको परिकल्पना गर्दै प्रारम्भ गरेको कार्ययोजनालाई वर्तमान समितिले निरन्तरता दिँदै आएको स्थानीयवासी बताउँछन् । जस अनुसार मुख्य बजार क्षेत्रमा रहेको श्रीजङ्गा मार्गमा ड्रेनसहितको व्यवस्थित कालो पत्रे भएको छ भने बजार क्षेत्रका प्रगति मार्ग, जनपथ मार्ग, सामुदायिक मार्ग, सुधार मार्ग, फक्तालुङ् मार्ग, किराँतेश्वर मार्ग लगायतका मार्गहरु व्यवस्थित बन्दै आएका छन् ।

       त्यस्तै शान्ती मार्गको दुबै किनारमा ढल बनाई पक्की सडक इन्टरलकीङ गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष भट्टराई बताउँछन् ।बजार क्षेत्रमा विधुत विस्तार, खानेपानी, शहरी स्वास्थ्य सेवा लगायतको व्यवस्थापन भइसकेको दुर्गापुरमा शान्ती सुरक्षा कायम राख्न चाँडै प्रहरी बिट संचालनकालागि बजारको विच भागमा प्रहरी बिट निर्माण कार्य भइरहेको बजार व्यवस्थापन समितिका सचिव राजु अधिकारी बताउँछन् । दिनप्रतिदिन व्यवस्थित बन्दै गएको दुर्गापुर बजार क्षेत्रमा व्यापारीक प्रयोजनकालागि चाँडै व्यापारीक कम्प्लेक्स निर्माण हुने तयारीमा रहेको सचिव अधिकारी बताउँछन् ।

       जनघनत्व बढ्दै गएपछि झापाका धेरै बजार क्षेत्रमा बसोबास गर्न सक्ने अवस्था नभएको बर्तमान परिस्थितीमा दुर्गापुर बजारमा यो समस्या नभएकोले व्यवसायीहरुकालागि दुर्गापुर पहिलो रोजाई बन्दै गएको कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् समाजसेवी कुमारमणि पोखरेलले बताएका छन् । यस क्षेत्रमा चारैतर्फ व्यवसाय संचालन गर्न साथै बसोबासकालागि समेत प्रशस्त ठाउँ भएकाले यस बजारको भविष्यलाई नजिकवाट मुल्यांकन गर्दै हाल यहाँ विभिन्न स्तरका वित्तिय संस्थाहरुले समेत आफ्नो कारोवार संचालन गर्न थालेको पोखरेलको बुझाई छ ।

     

        हरेक हिसावले व्यवस्थित बन्दै गएको दुर्गापुर बजार क्षेत्रमा सार्वजनिक शौचालय, सिसि क्यामरा, विशेषज्ञ डाक्टरको सेवा, बजार क्षेत्रमा चौकीदार साथै सोलार बत्ती लगायतको अति आवश्यक्ता रहेको कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् व्यवसायी पोखरेलको ठहर छ ।

    स्थानीयवासीको सक्रियताका कारण २०२६ सालमा लागेको दुर्गापुजासँगै हाल सम्म पनि निरन्तर रुपमा हरेक आइतवार हाटबजार लाग्ने गरी दुर्गापुर बजार संचालनमा आएको हो । दुर्गापुजाकै कारण बजारको नामाकरण नै दुर्गापुर रहन गएको इतिहासका बारेमा जानकारी दिँदै ईभिलेज केन्द्रका प्रबन्धक अमृत योङहाङले दुर्गापुजा समापनसँगै स्थापना गरिएको दुर्गा मन्दिर वर्तमानमा समेत अझै व्यवस्थित बन्दै गएको बताएका छन् ।
    जमिनदार देवीप्रसाद उप्रेतीले २०२५ सालको तत्कालिन समयमा १२ विघा १२ कठ्ठा जमिनलाई नापनक्सा गरी हाट वजारका निम्ति छुट्याएर आवश्यक ठाउँमा बाटो निकाली सोही अनुरुपको प्लटिङ् गरेर तत्कालिन समयदेखी नै केही घरघडेरी विक्रि समेत गर्दै आएको जानकार बताउँछन् । वजार क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीहरुले भोगचलन गर्दै आएको जमिन समयमा सहज ढङ्गले दर्तापास हुन नसक्दा तत्कालिन समयमा न्यायकालागि स्थानीयवासी सर्वोच्च अदालत सम्म पुगेका थिए ।

       क्रमिक रुपले हरेक आइतवार हाटवजार लाग्दै आएको भएपनि वजार क्षेत्रको जमिनको विषयमा भएको विवादको टुङ्गो नलागुञ्जेल व्यवसायीहरु विचमा अन्यौलता बढ्दै जाँदा वजारले गति लिन नसकेको स्थानीयवासी एवम् कनकाई नगर वडा नं.७ का वडाअध्यक्ष लीलावहादुर कन्दङ्वाले बताए । समयको गतिसँगै मुलुकमा आएका विभिन्न परिवर्तनका कारण पनि वातावरण सहज बन्दै गएपछि तत्कालिन बजार समिति, शान्ती समिति र जग्गाधनीका प्रतिनिधि विच भएको विभिन्न चरणको बहसपछि २०६८/०६९ मा आएर समस्या समाधान भई वातावरण सहज बन्दै गएको वडाअध्यक्ष कन्दङ्वाले जनाएका छन् । विवादित जमिनका विषयमा सहजीकरण गर्न तत्कालिन समयमा आँफूले समेत धेरै संघर्ष गरेको वडाअध्यक्ष कन्दङ्वाले वताए ।

                                   इन्टरलकीङ  पक्की सडक  दुर्गापुर

    दुर्गापुरलाई नै आफ्नो कर्मथलोका रुपमा व्यवस्थित गर्न आएका मारवाडी समुदायका केही व्यापारीहरु तत्कालिन समयमा यहाँको अन्यौलपूर्ण वातावरणका कारण सुरुङ्गा तर्फ स्थानान्तरण भएको दुर्गापुरका पुराना औषधी व्यवसायी देवनारायण दास बताउँछन् । दुर्गापुरमा २०३० सालदेखी बसोवास गर्दै आएका औषधी व्यवसायी दासलाई समेत उनका समकालिन व्यवसायीहरुले दुर्गापुर छोड्न आग्रह गरेको उनले बताए । तत्कालिन समयमा ससाना झुप्रा घरहरुका साथमा अत्यन्तै पातलो बस्ती भएपनि स्वास्थ्य सेवा तर्फ आफ्नो मात्र व्यवसाय भएकाले भविष्य राम्रै होला भन्ने आशाले आँफू स्थिर भएर बसेको औषधी व्यवसायी दास बताउँछन् । तर दुर्गापुर क्षेत्रमा तत्कालिन समयका ठूलाबडाको घमण्डका कारण यहाँको भविष्य केही पछि धकेलिएको औषधी व्यवसायी दासको ठहर छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.