कनकाई खबर/ लगातारको वर्षापछि झापाको भद्रपुर , बनियानी र पाठामारी क्षेत्र जलमग्न बनेको छ ।
वर्षाका कारण दर्जन बढि घरमा पानी पसेको झापा प्रहरीले जनाएको छ ।झापाका प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।
घरमा पानी पसेको सूचनाका आधारमा प्रहरुरी परिचालन गरिएको छ, के कति क्षति भयो भन्ने बारे यकिन नभएको जानकारी दिए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
