Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » श्रीमान् गुमाएको तीन महिना नपुग्दै गीताले दुवै छोरा गुमाइन्
    कनकाई खबर बिशेष

    श्रीमान् गुमाएको तीन महिना नपुग्दै गीताले दुवै छोरा गुमाइन्

    कनकाई खबरBy कनकाई खबर२०८० असार २७, बुधबार ०४:४६ गते2 Mins Read

    कपिलवस्तु । वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो ।

    सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो ।नौ वर्षका प्रदीप र १२ वर्षका दीपकलाई हजुरबुबा र हजुरआमाको साथमा छाडेर गीता रोजगारीको सिलसिलामा दुबई पुगिन् । दुबई गएको एक महिना नपुग्दै फेरि उनलाई अर्को ठूलो बज्रपात परेको छ । बुद्धभूमि नगरपालिका–१ कपासी घरमा हजुरआमासँगै सुतेका उनका दुई छोराको सर्पले डस्दा मृत्यु भएको छ ।

    सोमबार राति करिब ११ बजे टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने भएपछि घरेलु प्रविधिबाट उनीहरूको उपचार थालिएको थियो । तर, केही सुधार नभएपछि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगियो । त्यसबेलासम्म बिहानको ४ बजिसकेको थियो । स्थानीय सुमन बन्जाडेका अनुसार, पोलिक्लिनिकले आफूले नसक्ने भन्दै तुरुन्त बुटवल लैजान सुझाव दियो ।त्यसपछि दुवै जनालाई उपचारका लागि बुटवल लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइयो । त्यहीँ दुवै जनाको मृत्यु भयो । मृत्यु भइसक्दासम्म बच्चाको परिवारलाई सर्पले डसेको थाहा थिएन ।

    दुवै जना पारिजात बोर्डिङ स्कुल गोरुसिंगेमा अध्ययन गर्दै आएका थिए । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोर्ट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।दुवै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्यारो हुने, शरीर दुख्नेजस्ता लक्षण सर्पको डसाइको हुने भएकाले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए । हजुरआमा वस

    न्ता भुसालले घरबाट पाँच किलोमिटरको दूरीमा सर्पदंश उपचार केन्द्र रहे पनि आफूहरूलाई सर्पले डसेको थाहा नभएको बताइन् ।श्रीमान् बितेको तीन महिना पनि पुगेको छैन । यिनै छोराहरूको भविष्यका लागि दुबई गएको बेला तिनै छोराहरूले पनि अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ । उता, मृतकका हजुरआमा वसन्तालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.