Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फिनल्याण्ड किन जाने भन्ने विषयमा वुधबार सुरुङ्गामा सेमिनार हुँदै
    समाचार

    फिनल्याण्ड किन जाने भन्ने विषयमा वुधबार सुरुङ्गामा सेमिनार हुँदै

    कनकाई खबरBy कनकाई खबर२०८० असार २६, मंगलवार १७:१३ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा फिनल्याण्ड किन जाने भन्ने विषयमा एक दिवसीय सेमिनार संचालन हुने भएको छ ।


    टेसला इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको सेमिनार सुरुङ्गा स्थित नेपाल बैंक बसेको पुरानो भवनमा संचालन हुने जनाइएको छ । संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा पर्ने उत्तर युरोपेली देश फिनल्याण्डको विशेषताका बारेमा सम्बन्धित विषयका विशेषज्ञहरुबाट सेमिनार संचालन हुने कन्सल्टेन्सीका प्रवन्ध निर्देशक मीलन ओलीले जानकारी दिए । यहि असार २७ गते बुधबार (भोली) बिहान ११ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन हुने सेमिनारमा फिनल्याण्ड किन जाने साथै यसको आर्थिक पक्षका बारेमा समेत विस्तृत जानकारी गराइने प्रवन्ध निर्देशक ओलीले बताए । विगत २० वर्षदेखी शैक्षिक सेवा साथै १० वर्षदेखी शैक्षिक परामर्श सेवामा आफ्नो सम्पूर्ण समय खर्चिएका ओली सामाजिक क्षेत्रमा समेत त्यतिक्कै क्रियाशिल छन । नेपाल शैक्षिक परामर्श संघ (इकेन) झापा शाखाका अध्यक्ष समेत रहेका ओलीले अब कनकाईको सुरुङ्गामा समेत कन्सल्टेन्सीको सेवा विस्तार गर्ने भएका छन् ।


    पछिल्लो समय उत्तर युरोपेली देश फिनल्याण्डमा अध्ययनकालागी युवाहरु बढी आकर्षित भएका कारण यस क्षेत्रमा केही अनुभव प्राप्त गरेका कन्सल्टेन्सीका प्रबन्ध निर्देशक ओलीले प्रविधिको समेत प्रयोग गर्दै विभन्न माध्यमबाट शैक्षिक परामर्शमा क्रियाशिल हुँदै आएका छन् ।


    स्क्याण्डिनेभियन मुलुकहरू मध्ये सबैभन्दा विकसित देशका रुपमा रहेको फिनल्याण्ड ३,३८,४५५ वर्ग किलोमिटर क्षेत्रफल र लगभग ६० लाख जनसंख्या रहेको देशका रुपमा परिचित छ । फिनल्याण्ड ५९ हजार अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको संसारको २३औं सम्पन्न मुुलुक हो । मानव विकास सूचकाङ्कमा ११औं स्थानमा पर्ने फिनल्याण्डको विकास संसारका सबै देशका लागि लोभलाग्दो र अनुकरणीय रहेको छ । औसत आयु पुरुषको ८० वर्ष र महिलाको ८५ वर्ष रहेको फिनल्याण्ड संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा आउँछ । फिनल्याण्डको आधिकारिक नाम गणतन्त्र फिनल्याण्ड हो । भौगोलिक रूपमा यो देश नेपालभन्दा करिब तीन गुना ठूलो छ ।


    फिनल्याण्डका नागरिक संसारकै सबैभन्दा खुशी मानिन्छन् भने यहाँको प्रगति, स्वतन्त्रता र सामाजिक सुरक्षा विश्वकै लागि अनुकरणीय बन्ने गरेको छ । फिनल्याण्ड एक पुँजीवादी मुलुक हो, तर समाजवादले परिकल्पना गरेका जनहितकारी नीतिहरू र जनकल्याणकारी राज्यका प्रावधानहरू यहाँ धेरै मात्रामा व्यवहारिक रूपमा लागू गरिएका छन् । फिनल्याण्डको प्रगतिको आत्मा भनेको प्रगतिशील सामाजिक मान्यता हो । त्यसैले फिनिस समाजलाई विश्वकै उदाहरणीय समाज मानिन्छ । विकासका मानकहरूमा फिनल्याण्ड विश्वमै अग्रस्थानमा छ । शिक्षा तथा स्वास्थ्य सेवा, न्यून भ्रष्टाचार, दिगो विकास, जनशक्ति विकासमा फिनल्याण्डले गरेको प्रगतिकै कारण आज यो मुलुक अघि बढ्न सकेको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.