Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा भारतीयलाई नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने भारतीय नागरिक पक्राउ
    कनकाई खबर बिशेष

    झापामा भारतीयलाई नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने भारतीय नागरिक पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० असार २५, सोमबार १५:२१ गते2 Mins Read

    झापामा भारतीयलाई नेपाली नागरिकता बनाइदिन्छु भन्दै रकम उठाउने एक भारतीय नागरिक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा भारतको विहार राज्य दरभंगा जिल्ला अलिनगर ग्राम पञ्चायतका २७ वर्षीय मुकेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। ठाकुरले दमक नगरपालिका-९ स्थित लक्ष्मी टोलमा डेरा गरी बस्ने तीन जना भारतीयलाई नेपाली नागरिकता बनाइदिने आश्वासन दिएका थिए। ठाकुर पनि त्यही वडामा डेरा गरी बस्दै आएका थिए।

    त्यसवापत ठाकुरले भारतीय नागरिकहरू खगमाया बास्कोटा, सुमन मुखिया र युवराज मण्डलसँग जनही एक /एक लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए। ठाकुरलाई नगद रकम बुझाए पनि नागरिकता नपाउने अवस्था नदेखेपछि ठगिएकाहरूले नै प्रहरीमा उजुरी दिएपछि सो घटना बाहिर आएको हो। पक्राउ परेका ठाकुरले उनीहरूबाट उठाएको रकम शैलेन्द्र भुजेललाई बुझाएको प्रहरीलाई बताएको छ।

    भुजेलले २ महिनाभित्र नागरिकता नबनाइदिए चेकबाट भुक्तानी फिर्ता लिनु भनी आफ्नो खाता भएको बैंकको चेकहरू काटी दिएका थिए। तर, उनले पनि नागरिकता नबनाई दिएको र रकम पनि फिर्ता नगरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ। ठाकुरलाई ठगी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

    नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि प्रहरीले यस्तो गिरोह तथा व्यक्तिमाथि निगरानी बढाएको बताइएको छ। जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले भीड बढेपछि पालिका छनौट गरी टोकन प्रणाली बमोजिम नागरिकता वितरण गर्दै आएको छ।

    समाचार Time of Pardesh बाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.