परासी — पश्चिम नवलपरासीको रामग्राममा भाउजूको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
रामग्राम नगरपालिका १० बस्ने २६ वर्षीया मिरा चौधरीको हत्या आरोपमा देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।जग्गाको विवादका कारण असार २४ गते राति मोटरसाइकलको सकरले टाउकोमा प्रहार गर्दा घाइते भएकी चौधरीको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।हत्यामा संलग्न मृतकका देवरलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
