Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गामा कँडेल र रोट्रयाक्टमा गिरीले लिए सपथ
    समाचार

    रोटरी क्लव अफ सुरुङ्गामा कँडेल र रोट्रयाक्टमा गिरीले लिए सपथ

    कनकाई खबरBy कनकाई खबर२०८० असार २३, शनिबार ०१:४३ गते3 Mins Read

    कनकाई खबर \ सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको रोटरी एवं रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    सुरुङ्गा जेसीजको सभा हलमा रोटरी क्लव अफ सुरुङ्गाको पाँचौं र रोट्रयाक्ट क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । वर्ष २०२३ \२४ का लागी रोटरी क्लवको अध्यक्षमा शिवकुमार कँडेल साथै रोट्रयाक्ट क्लबमा सारिका गिरीलाई क्रमशः रोटरीका निवर्तमान अध्यक्ष खेमप्रसाद प्रसाईँले र रोट्रयाक्ट क्लबका निवर्तमान अध्यक्ष रोशन शाहले पद हस्तान्तरण गरेका हुन् । दुवै क्लवका अध्यक्ष साथै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण समेत गराइएको छ । रोटरीका अध्यक्ष कँडेललाई कार्यक्रमका प्रमुख अतिथि रोटरी ईन्टरनेशनल नेपालका निर्वतमान डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालले साथै रोट्रयाक्ट अध्यक्ष गिरीलाई रोट्रयाक्ट टिआरएफ चेयर विवेक श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए ।


    कार्यक्रममा दुवै अध्यक्षले आ–आफ्नो बोर्डका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन् । पदभार ग्रहणपछि दुवै क्लवका अध्यक्षले स्विकारोक्ती मन्तब्य राख्दै बर्षभरी गरिने कामका विषयमा जानकारी गराएका छन् ।
    कार्यक्रममा रोटरी क्लवले यस अघि नै घोषणा गरिसकेको डाइग्नोसिस मेसिन कनकाई नगर अस्पतालमा संचालनमा ल्याउने गरी क्लवका तर्फबाट सहयोग उपलब्ध गराउने अध्यक्ष कँडेलले प्रतिवद्धता जनाए ।

    विपन्न वर्ग र समुदायलाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले कनकाई नगर अस्पतालमा डाइग्नोसिस मेसिन उपलव्ध गराउँने बताइएको छ । सुरुङ्गा जेसीजसहित विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व गरिसकेका रोटरी अध्यक्ष कँडेलले यो एक वर्षे कार्यकालमा रोटरीको वार्षिक क्यालेन्डरमा भएका सम्पूर्ण गतिविधिलाई समयमै सम्पन्न गर्दै थप मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष कँडेलले लागू औषध, दुव्र्यसनी तथा आत्महत्याको विकराल अवस्थालाई न्यूनिकरण गर्न सचेतना अभियान चलाउने प्रतिवद्धता जनाएका छन् । झापाका सबै रोटरी क्लबहरुले यो अभियान चलाउन जरुरी रहेको भन्दै अध्यक्ष कँडेलले आफ्नो कार्यकालमा लागू औषध तथा दुव्र्यसनी न्युनीकरणकालागी सचेतनामुलक सडक नाटक संचालन गर्ने जनाए ।


    वर्ष २०२३ \ ०२४ का लागि रोटरी क्लव अफ सुरुङ्गाको १५ सदस्य कार्य समितिले सपथ लिएको हो । आवश्यक्ता अनुसार समिति विस्तार गर्दै जाने समेत बताइएको छ । यसरी सपथ ग्रहण गर्नेहरुमा आइपीपी खेमप्रसाद प्रसाई, सेक्रेटरी विनिता मैनाली, ट्रेजरर खेम ओली, प्रेसिडेन्ट इलेक्ट लुभराज उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्लीराम मैनाली, फस्ट भिपी अर्जुन बोहोरा, सेकेन्ड भिपी सरला दाहाल, थर्ड भिपी शिवकुमार गिरी, सर्जेन्ट एट आम्स रामप्रसाद निरौला, क्लव एडमिनिस्ट्रेसन चेयर टिकाप्रसाद कट्टेल, टिआरएफ चेयर खेमप्रसाद प्रसाईँ, सर्भिस चेयर कुमारमणी पोखरेल, मेम्बरसिप चेयर सुशीलकुमार श्रेष्ठ, पब्लिक इमेज चेयर कमल कट्टेल, मेन्टर रेणुका मैनाली रहेका छन् ।

    त्यस्तै रोट्रयाक्ट क्लवअफ सुरुंगाको वर्ष २०२३ \ ०२४ का लागी हरिप्रसाद खरेल (सविन) फस्ट भाइस प्रेसिडेन्ट, सोहन उप्रेती सेकेन्ड भाइस प्रेसिडेन्ट, दिवाकर तिवारी सेक्रेटरी, कमल न्यौपाने ट्रेजरर, रिसवसिंह चाहार जोइन्ट सेक्रेटरी, अजय उप्रेती सर्जेन्ट एट आम्स, रोशन प्रसाईँ क्लव एडमिनिस्ट्रेसन चेयर, भावना गिरी सर्भिस प्रोजेक्ट चेयर, इन्टर नेशनल रिलेसनसिप चेयर मनिला न्यौपाने र किरण गिरी, प्रोफेसनल सर्भिस चेयर अमित वंशल र कृष्ण पुरी, हेल्थ चेयर दिक्षा राई र मुकेश साह, द रोटरी फाउण्डेसन चेयर प्रतापबाबु जमरकट्टेल, क्लव एडमिनिस्ट्रेसन चेयर मेघा कारक , रोशन प्रसाईँ, सर्भिस प्रोजेक्ट चेयर प्रतिक्षा ढुङ्गेल, मेम्बरसिप चेयर कृतिका पाण्डे, पव्लिकेशन अफिसर सितल पोखरेल, स्पेसल एरिया प्रोजेक्ट चेयर कृष्टि खतिवडा, पब्लिक इमेज चेयर सञ्जय अग्रवाल रहेका छन् ।

    रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२३ / ०२४ का अध्यक्ष शिवकुमार कँडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि सन्तोष रिजाल, मातृ शाखा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, असिस्टेन्ट गर्भनर सन्दिप चापागाँईले शुभकामना मन्तव्य राखेका थिए ।

    रोट्रयाक्ट क्लवका रिसवसिंह चाहार र रोटरी क्लवकी विनिता मैनालीले संयुक्त रुपमा सञ्चालन गरेको औपचारिक कार्यक्रममा रोटरी क्लवका प्रेसिडेन्ट इलेक्ट लुभराज उप्रेतीले स्वागत मन्तव्य राखेका थिए । एजी निकिता गिरीसहित झापाका सबै रोटरी, रोट्रयाक्ट क्लवका पदाधिकारीहरु, रोटरी क्लव अफ सुरुङ्गाका चार्टर प्रेसिडेन्ट एलपी उप्रेती, पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, सुशिल श्रेष्ठ लगायत रोटरीयनहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा मेनुका उप्रेतीले टोस्ट ज्ञापन साथै प्रेसिडेन्ट नोमिनी डिल्लीराम मैनालीले धन्यवाद मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.