Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वडा कार्यालय भवन निर्माणमा कुनै त्रुटी छैन ः कनकाई नगर प्रवक्ता कृष्ण राई
    समाचार

    वडा कार्यालय भवन निर्माणमा कुनै त्रुटी छैन ः कनकाई नगर प्रवक्ता कृष्ण राई

    कनकाई खबरBy कनकाई खबर२०८० असार २१, बिहीबार १८:४१ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका भ्रष्टचार र कुशासन विरुद्धको मोर्चामा सधैं अग्रस्थानमा रहेको बताइएको छ ।


    कनकाईको वडा नं.६स्थित वडा कार्यालय भवन निर्माणका क्रममा भ्रष्टचारको आशंका भएको भन्दै सामाजिक संजाल अनि केही संचार माध्यममा समेत चर्को आवाज उठ्न थालेपछि नगरपालिकाको तर्फबाट पत्रकार सम्मेलन मार्फत उठेका सवालको जवाफ दिँदै भ्रष्टचार र कुशासन विरुद्धको अभियानको मोर्चामा सधैं अग्रस्थानमा रहेको बताइएका्े छ ।


    सामाजिक संजालमा वडा कार्यालय भवनको बाहिरी फोटो हालेर गलत देखाउने र यसै अनुसार गलत प्रचार भएको भन्दै पत्रकार सम्मेलनमा सत्य, तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई अनुरोध गरिएको छ ।भवनको भित्रि भाग समेतको अवलोकन गरेर समाचार बाहिर आएको भए सर्वसाधारणलाई प्रष्ट जानकारी हुने भन्दै सामाजिक संजालमा बाहिर आएजस्तो यथार्थ नभएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
    कनकाई नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राईले नगरपालिकाको तर्फबाट प्रेस विज्ञप्ती जारी गर्दै वडा कार्यालय भवनको लागत स्टीमेट अनुसारनै निर्माण सम्पन्नभएको प्रष्ट पारेका छन् ।
    सामाजिक संजाल साथै विभिन्न संचार माध्यममा कनकाई नगरपालिका वडा नं. ६को भवन ३२ लाखमा निर्माण भएको र सो निर्माणका क्रममा अनियमिता समेतको आशंका भएकोप्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।


    वडा कार्यालय भवन ई—टेण्डर प्रक्रियाबाट निर्माण सम्पन्न भएकोले लागत मुल्य लगायतमा कुनै कमजोरी नभएको नगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । राज्यको मापदण्ड खरीद ऐन नियमावलीअनुसार निर्माण कार्य सम्पन्न भएको पत्रकार सम्मेलनमा जनाइएको छ । नगरपालिकाका प्रवक्ता राईले वडा कार्यालय सर्नकालागि केहि असुविधा भएका कारण ढिलाई हुनु बाहेक कुनैपनि कैफियत नदेखिएको बताए ।


    सामाजिक संजाल साथै विभिन्न संचार माध्यममा वडा कार्यालयका विषयमा समाचार प्रकाशन भएपछि नगरपालिकाको टोलीले स्थलगत अनुगमन गरेको नगर प्रवक्ता राईले जानकारी दिए । इलामको सिद्धिथुम्का निर्माण सेवाले क्रमागत इष्टीमेट रकम ३४ लाख ४० हजार ६ सय ६३ रुपैँया भएकोमा ३ प्रतिशत मात्रै विलोमा टेण्डर पारेको बताए । अन्य ठेक्कापट्टामा ६० प्रतिशत सम्म विलोमा टेण्डर पर्ने गरेको इतिहास रहेकोमा यो ठेक्का ३ प्रतिशत मात्रै विलोमा पर्नु भनेको मुल्य बढेको राईको भनाई छ ।


    भवन निमार्णकालागि विभिन्न शीर्षकमा इन्स्योरेन्स, माटो खन्ने, माटो पुर्ने रड, ढलान लगायातमा उक्त रकम छुट्टिएको पाइएको छ । ठेक्का इष्टिमेट बनाउदा समेत १५ प्रतिशत नाफा र १३ प्रतिशत भ्याटको रकम जोडिने हुँदा लागत महँगोको स्टीमेट बन्ने गरेको कनकाई नगरपालिकाका इन्जिनियर कुशल हुमागाईले पत्रकार सम्मेलनमा जानकारी दिए ।


    प्राविधिक साथै ईन्जिनियरले हेर्ने भनेको लागत स्टीमेट र ठेक्का साथै ठेक्काअनुसार काम भएको वा नभएको मात्र हेर्ने रहेको बताउँदै हुमागाईँले सबै कामहरु कानुन सम्मत रुपमा भएको दावी गरे । कार्यालय गहिरो स्थानामा भएकोले केहि बढी खर्च लागेको र कार्यालयलाई आवश्यक पर्ने सबै बिजुली, फल्स सिलिङ, रङ्ग रोगन लगायातका कारण पनि लागत बढेको पाईएको इन्जिनियर हुमागाईले बताए । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन न्यौपानेले कानुनी प्रक्रिया र लागत इष्टिमेट अनुसार नै भवन बनेको र कतिपय अवस्थामा व्याक्तिगत रुपमा मानिसले बनाउने घरको जस्तो सरकारी घर भवन बनाउँदा भ्याट, अन्य शुल्कका कारण मुल्यमा फरक पर्ने हँुदा भवन महँगो जस्तो लागेको भएपनि प्रक्रियागत रुपमा कुनै त्रुटी नभएको बताए ।


    स्थानीय दाता रामचन्द्र पौडेलले उपलब्ध गराएको २ कठ्ठा जमिनमा कनकाई ६ को वडा कार्यालय भवन निर्माण भएसँगै वडा कार्यालय नसर्दा यस वारेमा विभिन्न टिका टिप्पणी सुरु भएको स्थानीयबासी बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.