झापा \ झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका- ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बुधवार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा बीउ उखेल्न गएको बेला उनीहरूमाथि चट्याङ परेको थियो । घाइतेहरूको नाम नखुले पनि उनीहरू स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
