इलाममा जेठाजुले धारिलो हतियार खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् । जिल्लाको माई नगरपालिका–३ मा ३९ वर्षीय जेठाजु सन्तोष खातीले २३ वर्षीया बुहारी अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मङ्गलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न जेठाजु सन्तोष भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
