Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा गत वर्ष निर्माण कार्य सम्पन्न भएको वडा कार्यालय भवन अलपत्र
    समाचार

    कनकाईमा गत वर्ष निर्माण कार्य सम्पन्न भएको वडा कार्यालय भवन अलपत्र

    कनकाई खबरBy कनकाई खबर२०८० असार १८, सोमबार १८:४० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा गत वर्ष नै निर्माण कार्य सम्पन्न भएको वडा कार्यालय भवन प्रयोग नहुँदा अलपत्र बनेको छ ।


    कनकाईको वडा नं. ६ का लागि बनाइएको वडा कार्यालय भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको हो । स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको २ कठ्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन । कार्यालय प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको छ भने शौचालयमा राखिएको पानी ट्याङ्की हावाले उडाएको छ । आफ्नै भवनमा कार्यालय राख्न नपाएपछि वडा कार्यालय भने स्वास्थ्यको भवनमा राखिएको छ ।


    नयाँ कार्यालय भवन साँघुरो र अपायक भएकाले वडा कार्यालय सार्न नसकिएको वडाअध्यक्ष दीर्घबहादुर थापाले बताए । उनले भने– ‘असुविधा, साँघुरो, कर्मचारीहरु राम्ररी बस्ने ठाउँ नभएको सानो वडा कार्यालय बनेको कारणले, अनि सुरक्षाको दृष्टिकोणले पनि एकान्त, भुँइ तला र टीनको छानो मात्र भएकाले अहिले त्यहाँ सर्न सकिएको छैन ।’


    इलामको सुर्योदय नगरपालिका वडा नम्बर ८ मा कार्यालय रहेको सिद्धिथुम्का निर्माण सेवा प्रा.लि.ले भवन निर्माण गरेको हो । नगरपालिकाले सुर्योदय निर्माण सेवालाई उक्त भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ९८ हजार ९३० रुपैँया ६५ पैसा उपलब्ध गराएको थियो । शौचालय बाहेक आठवटा पिलर राखेर ४० फिट लम्बाई र २२ फिट चौडाईको उक्त भवनको छानामा भने टिन लगाइएकोछ । कार्यालय भित्र आल्मुनियमले पार्टिसन गरिएको छ । संरचना निर्माणको हिसाबले लागत मुल्य अत्यधिक महंगो भएको स्थानीयबासीको गुनासो छ । एक स्थानीयबासीले भने– ‘त्यत्रो पैसाले त त्यति सानो भवनको पक्की छत नै बनाउन सकिन्छ ।’ संरचना निर्माणमा अनियमितता भएको उनले आरोप लगाए । उनका अनुसार लागत अनुमान बढी गरेर कम मुल्यमा संरचना निर्माण गरिएको छ ।


    भवन निर्माणका बिषयमा वर्तमान वडाअध्यक्ष दीर्घवहादुर थापा समेत सन्तुष्ट छैनन् । उनले भवनको स्टमेट आफुले मागेपनि हालसम्म उपलब्ध नभएको बताए । ‘निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकमा मैले यस बिषयमा कुरा उठाएको थिएँ,’ उनले भने, ‘भवन कसरी त्यस्तो बन्यो, कतिको हो, के हो, कसले स्टमेट गरेको हो, ठेकेदार को हो, स्टमेट हेर्न पाउँ भनेर त्यहाँ कुरा राखेको हुँ ।’ तर त्यस दिन विहानको बैठक भएको र कर्मचारी नआएकाले हेर्न नपाएको उनले बताए । त्यसपछि पनि बारम्बार त्यस बिषयमा कुरा गर्दा खासै भरपर्दो जवाफ कसैलेपनि नदिएको वडाअध्यक्ष थापाले गुनासो गरे ।

    परिवेश मिडियाबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.