Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटमा रोटरीको सरसफाई सहित वृक्षरोपण
    Uncategorized

    कनकाई घाटमा रोटरीको सरसफाई सहित वृक्षरोपण

    कनकाई खबरBy कनकाई खबर२०८० असार १३, बुधबार १९:४८ गते2 Mins Read

    कनकाई खबरसा \ सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लवअफ सुरुङ्गाले कनकाई घाट परिसरमा वृक्षरोपणसहित सरसफाई सरसफाई गरेको छ ।


    रोटरी क्लवसहित स्थानीय सरकारका प्रमुख साथै प्रतिनिधिहरु, कनकाई घाट व्यवस्थापन समिति, कोटीहोम धार्मिक संस्थासहितको सहभागीतामा वृक्षरोपणसहित सरसफाई सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
    मानविय स्वास्थ्यसँग जोडिएको वातावरणको शुद्धता साथै सरसफाईको क्षेत्रमा विशेष सचेतना जगाउँदै आएको क्लवले स्थानीय स्तरमा क्रियाशिल अन्य संघसंस्थाहरुलाई समेत कनकाई घाटको सरसफाईमा उत्प्रेरणा जगाएको बताइएको छ। वार्षिक रुपमा विशेष कार्यक्रमका साथ कनकाई घाटको सरसफाई गर्दै आएको रोटरी क्लवले यस पटक घाट परिसरमा धार्मिक महत्वका विरुवा समेत रोपण गरेको छ । क्लवका अध्यक्ष खेम प्रसाईँ एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एकैसाथ विरुवा रोपण गरेर सरसफाई सहितको वृक्षरोपण कार्यक्रम प्रारम्भ गरेका थिए । घाटको विश्रामस्थल वरिपरि १८ वटा बज्रदन्ती र चितास्थल वरिपरि ६ वटा कपुरका बिरुवा रोपिएको क्लवकाअध्यक्ष प्रसाईँले जानकारी दिए ।


    कार्यक्रममाकनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदी, कोटीहोम धार्मिक विकास संस्थाकाअध्यक्षनवलकिशोर दत्त सहितअन्यपदाधिकारीहरु, घाट परिसरमानिर्माण भएको चितास्थलको निर्माणकर्ताएवं दाता परिवारसहित रोटरी क्लवअफ सुरुङ्गाका पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, सुशिलकुमार श्रेष्ठसहित पदाधिकारीहरुको सहभागीता रहेको रोटरी क्लवअफ सुरुङ्गाकावर्ष २०२३÷२४ का अध्यक्षशिवकुमार कडेलले जानकारी दिए ।


    सोहीअवसरमा कोटीहोमस्थितकनकाई घाटमा निर्मित पाँचौं चितास्थल घाट समितिलाई हस्तान्तरण गरिएको छ । एक संक्षिप्तकार्यक्रमकावीच स्वर्गद्वारी घाट तथाविश्रान्ती घर नामदिइएको उक्तचितास्थलतथाविश्राम घर झापाकाचिरपरिचितव्यवसायीमित्तल परिवारले निर्माण गरेका हुन् । आफ्ना स्वर्गवासीआफन्तमोहरादेवी, रामलाल, सरमनदेवी, सुरेन्द्र मित्तललगायतको सम्मान र स्मृतिमा ४५ लाख रुपैयाँको लागतमाविर्तामोड निवासीदिनेश मित्तल, प्रदीपमित्तल, मोहनमित्तल, हनुमानमित्तल, कैलाशमित्तल, ईश्वर मित्तल, राजेश मित्तल, रोशनमित्तललगायतले निर्माण गरेको बताइएको छ ।


    कार्यक्रममादातामित्तल परिवार, घाट समितितथा रोटरी क्लबअफ सुरुङ्गाकापदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियोे । कनकाई घाट समितिकाअध्यक्ष वेदप्रकाशअग्रवालको अध्यक्षता र कनकाई नगरपालिकाकाप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुखआतिथ्यमाभएको कार्यक्रममामूलदाताद्वारिकाप्रसाद मित्तलका ज्येष्ठ सुपुत्रदिनेशकुमार मित्तल, मारवाडी सेवा समितिकाअध्यक्षमोहनमित्तल, सम्मानितव्यक्तित्व मेचीनगर निवासी डिल्ली उप्रेती, कनकाई—४ का वडाअध्यक्ष रोशन सुवेदी, रोटरी क्लबअफ सुरुङ्गाकापूर्व अध्यक्षकुमारमणि पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
    सचिव सुरेश अग्रवालभद्रपुरेले स्वागतमन्तव्य राखेको कार्यक्रम घाट समितिकामहासचिव नारायण ओलीले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.