Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकाका भूमिहीनलाई जग्गाको निस्सा वितरण
    समाचार

    झापा गाउँपालिकाका भूमिहीनलाई जग्गाको निस्सा वितरण

    कनकाई खबरBy कनकाई खबर२०८० असार १३, बुधबार १८:२१ गते2 Mins Read

    कुमरखोद \ झापा गाउँपालिकाले बुधवारदेखि भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण शुरु गरेको छ ।

    ऐलानी जग्गा उपभोग गरिरहेका भूमिहीनहरुले जग्गाको निस्सा पाउन थालेका हुन् । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम झापा गाउँपालिकाले भूमिहीन दलित , भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण शुरु गरेको हो । बुधवार झापा गाउँपालिकाले वडा नं १ देखि जग्गाको निस्सा वितरण शुरु गरेको हो । वडा नं १ मा ८३३ परिवारलाई जग्गाको निस्सा वितरण गरिएको छ । जग्गाको निस्सा पाएपछि भूमिहीनहरु खुशी भएका छन् । वडा नं १ का इस्राईल मियाले आफूले जोतभोग गर्दै आएको १ विगाह जग्गाको निस्सा पाएपछि खुशी भएको बताए । उनले भने, ‘अब पक्कै जग्गाको लालपूर्जा पाउने भएँ ।’

    झापा गाउँपालिकाले रेडक्रस सामुदायिक भवनमा आयोजना गरेको निस्सा वितरण कार्यक्रममा सहारा नेपाल साकोस र ह्याविटेट फर ह्युमानिटी नेपालले सहयोगीको भूमिका निभाएका थिए । निस्सा वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलकसिंह पाण्डेले ऐलानी जग्गा ६ कठ्ठासम्म जोतभोग गरिरहेका सुकुम्वासीले लालपूर्जा बनाउन सरकारी राजश्व नतिर्नु पर्ने बताए । ६ कठ्ठाभन्दा बढी चर्चेका व्यक्तिले भने राजश्व तिनुपर्ने उनले बताए । तीन पुस्तासम्म कुनै व्यक्तिको १ कठ्ठासम्म जग्गाको धनीपूर्जा छ भने ती व्यक्ति सुकुम्वासीमा गन्ती नआउने पाण्डेको भनाई थियो ।


    कार्यक्रमको अध्यक्षता गरेका झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले ऐलानी जग्गा वर्षौवर्षदेखि उपभोग गर्दै आएपनि लालपूर्जाविहीनहरु अव जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया शुरु भएको बताए । निस्सा वितरण गर्दै उनले भने, ‘तपाईहरुले ऐलानी जग्गा उपभोग गरिरहनु भएको छ त्यसको प्रमाण दिएका छौ र केहि दिनपछि नापी गर्न तपाईको घरआँगन पठाउने र नापजाँच भईसकेपछि लालपूर्जा दिन्छौं ।’

    निस्सा वितरण कार्यक्रममा वडा अध्यक्ष राजकुमार यादव, सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिना , ह्याविटेट फर ह्युमानिटी नेपालका रामबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा वडा नं १ अध्यक्ष हिमालकुमार चम्लागाई , राजनैतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
    उपाध्यक्ष अन्जुदेवी थपलियाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन वडा नं १ का सचिव नारायण चम्लागाईले गरेका थिए ।

    8, 2023

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.