सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ ।गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
