Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बजेट कार्यान्वयनले कनकाईमा ठूलो उपलव्धी हात पर्न सक्छ ः उपप्रमुख शिवाकोटी
    आर्थिक

    बजेट कार्यान्वयनले कनकाईमा ठूलो उपलव्धी हात पर्न सक्छ ः उपप्रमुख शिवाकोटी

    कनकाई खबरBy कनकाई खबर२०८० असार १०, आईतवार १५:२१ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८० \ ०८१ का लागि ६७ करोड ८७ लाख २४ हजार १ सय ७५ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ ।

    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले नगरपालिकाको १३औं नगरसभाको पहिलो बैठकबाट पारित भइसकेको बजेट नगर सभाको दोस्रो बैठकमा पेश गर्दै बजेटको कार्यान्वयनबाट कनकाई नगरले आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो उपलव्धी हासिल गर्ने विश्वास व्यक्त गरेकी छन् ।


    बजेट तर्जुमा समिति संयोजकको समेत जिम्मेवारीमा रहेकी उपप्रमुख शिवाकोटीले बजेट कार्यान्वयनबाट कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रको रुपान्तरणको थप आधार निर्माण हुने बताएकी छन् । त्यस्तै पुर्वाधार निर्माण, स्थानीय गरिवीमा कमी आउँने, न्यायपुर्ण समाज निर्माण गर्न सहयोग पुग्नुका साथै निजी क्षेत्र र नगरको समावेशी लगानीले कनकाई नगरपालिकाले समृद्धिको यात्रा तय गर्न सक्ने उपप्रमुख शिवाकोटीले विश्वास व्यक्त गरिन् ।
    बजेटमा ६८ बर्ष भन्दा माथि उमेर समूहका र तोकिएका अन्य समूहका व्यक्तिहरुको अनुमानित रकम रु.२८ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको शिवाकोटीले बताइन् ।


    बजेटमा संघीय सरकारबाट प्राप्त हुने बित्तिय समानिकरण अनुदान रकम १३ करोड १२ लाख रुपैयाँ अनुदान रकम, कोशी प्रदेश सरकारबाट प्राप्त अनुदान रकम ८३ आल १८ हजार गरी जम्मा रु.१३ करोड ९५ लाख १८ हजार रुपैंयाँ को अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

    संघीय तथा कोशी प्रदेश सरकारको राजस्व एवम रोयल्टी समेतको बाँडफाँड शीर्षकबाट जम्मा रु.११ करोड, ३ लाख, ५९ हजार ८ सय ४२ रुपैयाँ प्राप्त हाुने रकमलाई कार्यालयको चालु तथा कार्यक्रम खर्च शीर्षकमा व्यय हुने गरी बजेट विनियोजन गरेको बताइएको छ । नगरपालिकाको आन्तरिक आयबाट प्राप्त हुने ८ करोड ३४ लाख ७१ हजार ३ सय ३३ लाई बिभिन्न शीर्षकमा बिनियोजन गरिएको नगर उपप्रमुख शिवाकोटीेले जानकारी दिइन् ।
    कनकाई नगरपालिकाका ९ वटै वडालाई गरी जम्मा रु.६ करोड ४४ लाख ६७ हजार रुपैयाँ बिनियोजन गरिएको छ । जस मध्ये वडा नं.१ लाई ७० लाख ९५ हजार १६५, वडा नं.२ लाई ७० लाख ४२ हजार ३५०, वडा नं.३ लाई १ करोड २६ लाख ३२ हजार ९७, वडा नं.४ लाई ७० लाख २३ हजार ८२४, वडा नं.५ लाई ७५ लाख ४४ हजार ७३४, वडा नं.६ लाई ५७ लाख ४८ हजार ५७, वडा नं.७ लाई ५१ लाख ८४ हजार ६ सय ९३, वडा नं.८ लाई ७० लाख ८० हजार १०६, वडा नं.९ लाई ५१ लाख १५ हजार ९७४ रुपैंयाँ विनियोजन भएको उपप्रमुख शिवाकोटीले जानरुा िदिएकी छन् ।


    बजेटमा कृषि र पशुपालनको रुपान्तरण र प्रविधिको उच्चतम प्रयोग गर्दै आधुनिकीकरण र व्यावसायीकरण गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाइने, गरीब , भूमिहिन र विपन्न परिवार लक्षित कार्यक्रम संचालन गरिने, पर्यटकीय क्षेत्रको उजागर गरी आर्थिक विकास गरिने लगायत बजेटका प्राथमिकता रहेको नगर उपप्रमुख शिवाकोटीले बताइन् । त्यस्तै नगरमा रहेका प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै श्रम, शक्ति र पुँजीको अधिक्तम उपभोग गरी गरिवी निवारण गर्ने यस वर्षको बजेटको मुख्य उद्येश्य रहेको बताइएको छ । त्यस्तै संघ तथा प्रदेश सरकार र अन्य निकायबाट प्राप्त अनुदान र सहयोगलाई नागरिकको आवश्यक्ता परिपूर्ति गर्ने कार्यमा लगानी गर्नु बजेटको उद्येश्य रहेको बताइएको छ ।


    कृषि र पशुपालन जस्ता उत्पादनशील क्षेत्रलाई उच्चतम परिचालन गरी गुणस्तरीय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै समतामूलक आर्थिक विकासको आधार तयार गर्नु र स्थानीय उत्पादनलाई निर्यातसँग आवद्ध गर्नु बजेटको उद्येश्य रहेको उपप्रमुख शिवाकोटीले जानकारी दिएकी छन् ।


    कार्यक्रम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्व एवम् नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.