Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी वर्ष उत्कृष्ट पत्रकारीता पुरस्कार तीर्थराज खरेललाई प्रदान
    समाचार

    रोटरी वर्ष उत्कृष्ट पत्रकारीता पुरस्कार तीर्थराज खरेललाई प्रदान

    कनकाई खबरBy कनकाई खबर२०८० असार ७, बिहीबार १९:०५ गते2 Mins Read

    कनकाई खबर \ हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीर्थराज खरेल पुरस्कृत भएका छन् ।

    सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले रोटरी स्थापना दिवसको अवसरमा एक विशेष समारोहका विच पत्रकार खरेललाई सम्मान गरिएको हो । विगत २० वर्ष अघिदेखी नै लेखन तथा पत्रकारीतामा क्रियाशिल रहँदै आएका खरेल हाल सम्म पनि विभिन्न संचार माध्यम मार्फत संचार कर्म गरिरहेका छन् /


    कनकाई खबर साप्ताहिक एवं कनकाई खबर डट अनलाइनका सम्पादक तथा प्रकाशक समेत रहेका पत्रकार राम निरौला सहित परिवारले आफ्ना आमा–बुवाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट खरेल पुरस्कृत भएका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलसहित पत्रकार निरौलाका बुबा टीकाराम, आमा हेमकला, श्रीमती शान्तासहित निरौला परिवारले खरेललाई पुरस्कार वितरण गरेका थिए । पत्रकार खरेललाई नगद १५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।


    सम्मानित व्यक्तित्व खरेलले स्थानीय तथा खोज अनुसन्धानमूलक समाचार सम्प्रेषण गरी न्याय, मानवअधिकार र स्वतन्त्रताको पक्षमा अडान लिँदै आफ्नो कलमलाई शसक्त बनाउँदै आएका छन् । कनकाई नगर क्षेत्रका आम नागरिकको भावनाको समर्थन गर्दै सबै पक्षको सहकार्यमा राष्ट्रियता र लोकतन्त्रमा आधारित भएर सकारात्मक सोचका साथ कलम चलाउँदै समाज रुपान्तरणमा खेलेको भूमिकाप्रति क्लवका तर्फबाट उच्च मूल्याङ्कन गरिएको छ ।

    रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष ख्याम प्रसाईको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पत्रकार निरौलाले पारेका थिए भने स्वागत रोटरीका इनकमिङ अध्यक्ष शिव कँडेलले गरेका थिए ।

    कार्यक्रममा रोटरीका एजी सन्दीप प्रसाईँ , संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल , सुशिलकुमार श्रेष्ठ, कनकाई खेलकूद प्रतिष्ठानका अध्यक्ष छबि थपलिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रोटरी सुरुङ्गाकी महासचिव मेनुका उप्रेतीले गरेकी थिइन् । रोटरीको विशेष कार्यक्रमका अवसरमा प्रदान गरिने यो पुरस्कार यसअघि यलम्बर टाइम्सका सम्पादक दिपिन राईलाई प्रदान गरिएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.