झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार कमल- ३ स्थित क्याम्पस सडक खण्ड अन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्बरको बसले विद्यालयबाट घर फर्कँदै गरेका थापाको ठक्कर दिएका थिए ।बसको ठक्करबाट गम्भीर घाइते बालक थापालाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । बालक थापा स्थानीय कञ्चनजङ्घा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए । यता दुर्घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
कमेन्टस्
