जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन्। रूकुमका ३४ वर्षीय अमृत बुढा आज जापानको इबाराकीको चुकुवा सिटी कानामेमा मृत फेला परेका हुन्।उनी बस्ने घरको कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए। उनको शव सडेगलेको अवस्थामा फेला परेको हो । वरिष्ठ उपाध्यक्ष निउरेका अनुसार शव सडेगलेको अवस्थामा रहेकाले भोलि दिउँसो साढे १ बजे जापानमै अन्त्येष्टी गर्न लागिएको छ।उनले गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो।
कमेन्टस्
