भारतीय नम्बर प्लेटको सुमो गाडी दुर्घटनामा परी गम्भीर घाइते भएकी धनकुटाकी प्रिस्किला तामाङको उपचारको क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटा नगरपालिका–४ भोटे चौतारा घर भएकी १९ वर्षीया तामाङको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनी इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत रहेकी थिइन् । उनीसहित उक्त गाडीमा सवार तीनजना घाइते भएका थिए । जसमध्ये प्रिस्किला गम्भीर घाइते भएकी थिइन् । गत जेठ २६ गते धनकुटा नगरपालिका–९ खुरिलामा बीआर १० एच ४९१० नम्बरको भारतीय नम्बर प्लेटको सुमो टाटा दुर्घटना भएको थियो ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

