बागलुङ- बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका- ५ ठुलढुंगामा दुर्घटना भएको हो।दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए।दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो।मृतक दुवै पुरुष रहेको केसीले बताए। जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
