Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिप दुर्घटना अपडेट : दुईजनाको मृत्यु, मन्त्रीलाई हेलिकोप्टरबाट नेपालगन्ज लगियो
    समाचार

    जिप दुर्घटना अपडेट : दुईजनाको मृत्यु, मन्त्रीलाई हेलिकोप्टरबाट नेपालगन्ज लगियो

    कनकाई खबरBy कनकाई खबर२०८० असार ५, मंगलवार ११:०८ गते1 Min Read

    सवारी दुर्घटनामा सुदूरपश्चिमका आन्तिरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । घाइते मन्त्री सिंह, उनका पीएसओ (प्रहरी हवल्दार) दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको डीएसपी केसीले बताए ।सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा दिउँसो २ बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका १, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्‍याएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    प्रथम कनकाई पावरलिफ्टिङ प्रतियोगिताको तयारी तीव्र

    २०८३ कार्तिक १२, बुधबार ००:१७ गते

    झापामा अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार

    २०८३ कार्तिक ११, मंगलवार १४:३० गते

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.