Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महासंघ झापा अध्यक्ष र संयोजकलाई चौतारीले वहिष्कार गर्ने
    राजनीति

    महासंघ झापा अध्यक्ष र संयोजकलाई चौतारीले वहिष्कार गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८० असार ३, आईतवार १४:०७ गते2 Mins Read

    कनकाई खबर / प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष र सदस्यता शुद्धिकरण कार्यदलका संयोजक सहभागी कार्यक्रम वहिष्कार गर्ने जनाएको छ ।

    सदस्यता शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघ झापाले गरेको पक्षपात र पूर्वाग्रही कार्यको विरोधमा वहिष्कार लगायतको आन्दोलन कार्यक्रम अघि सारिएको चौतारीका झापा अध्यक्ष मनकुमार गदालले बताए ।

    चौतारीको जिल्ला कार्य समितिको विर्तामोडमा सम्पन्न विस्तारित बैठकले उक्त आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको गदालले जानकारी दिए ।  

    केन्द्रले तोकेको मापदण्डभन्दा बाहिर गएर महासंघ झापाले चौतारी आवद्ध पत्रकारहरुलाई छानीछानी सदस्यताबाट वञ्चित गर्ने प्रयास गरिरहेको अध्यक्ष गदालको आरोप छ ।

    अध्यक्ष गदालले प्रेस विज्ञप्ति जारी गर्दै तीन बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । जसको पहिलो र दोस्रो बुँदामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र शुद्धिकरण कार्यदलका संयोजक केशव भट्टराई सहभागी हुने कुनै पनि कार्यक्रम वहिष्कार गरिने उल्लेख छ ।

    चौतारीले उहाँहरु दुईजनालाई कुनै पनि कार्यक्रममा नबोलाउन तीनै तहका सरकारहरु, राजनीतिक दलहरु, सामाजिक संघ–संस्थाहरु समेतलाई आह्वान गरेको छ ।

    विरोध कार्यक्रमको तेस्रो बुँदामा शुद्धिकरण अभियानका सन्दर्भमा भएका गलत कार्यविरुद्ध महासंघ झापा शाखाका पूर्व अध्यक्षहरु, पत्रकारजन्य संगठनका अध्यक्षहरु, प्रेस क्लबका अध्यक्षहरु, शुद्धिकरणका नाममा अन्यायमा पारिएका महासंघका सदस्यहरुसँग छलफल अन्तरक्रिया गर्ने चौतारीले जनाएको छ ।

    महासंघको केन्द्रीय कमिटीले सदस्यता शुद्धिकरणका लागि १५ बुँदे मापदण्ड बनाएर कार्यान्वयनका लागि जिल्ला शाखाहरुमा पठाएको थियो । तर, झापाको पत्रकार महासंघ नेतृत्वले पूर्वाग्रही र आफुखुशी मापदण्ड बनाएर धेरै सक्रिय पत्रकारहरुलाई सदस्यताबाट हटाउने र मापदण्डले शुद्धिकरण हुनुपर्नेहरुलाई योजनाबद्ध रुपमा जोगाएको चौतारीको आरोप छ ।

    चौतारीले जेठ ३२ गतेदेखि महासंघको शाखा कार्यालयमा धर्ना कार्यक्रम गर्दै आएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.