Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला
    समाचार

    अर्जुनधारामा तीन दिवसीय लेखनसीप कार्यशाला

    कनकाई खबरBy कनकाई खबर२०८० असार २, शनिबार ०७:३४ गते2 Mins Read

    अर्जुनधारा \ झापाको अर्जुनधारामा तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशाला सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला सुरु भएको हो ।

    अर्जुनधारास्थित पितृमोक्ष भवनमा आयोजित लेखनसीप कार्यशालामा नगर क्षेत्रका ४० जनाभन्दा बढीको सहभागिता रहेको छ । वडा कार्यालयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिने अर्जुनधारा नगरपालिकाले जनाएको छ ।

    कार्यशालाको उद्घाटन सत्रमा बोल्दै नगर उपप्रमुख खड्गमाया पराजुलीले न्याय निरुपणका लागि लेखनसीप अपरिहार्य भएको बताइन् । उनले गाउँघरमा सामान्य कागज बनाउन पनि समस्या भइरहेकोले नगरका तर्फबाट लेखनसीपको आयोजना गरिएको जानकारी दिइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले कागज लेख्न नजान्दा धेरेले क्षति व्यहोर्नु परेको बताइन् । उनका अनुसार गाउँ समाजमा सबैखाले लिखत तयार गर्न सक्षम बनाउने गरी कार्यक्रमको आयोजना गरिएको हो । तीन दिने बसाईलाई प्रभावकारी र उपलब्धीमुलक बनाउन उनको आग्रह थियो ।

    यस्तै, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले लेखनसीपको आवश्यकतालाई मध्यनजर गरेरै कार्यशालाको आयोजना गरिएको बताइन् । उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले मेलमिलापकर्ताहरुको लागि अत्यन्तै फलदायी कार्यक्रम रहेको र अन्य सहभागीहरुका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उनको भनाई थियो ।

    प्रमुख प्रशासकीय अधिकृत राईले तालिमका लागि तालिम मात्रै हुने गरी सहभागी हुनुको अर्थ नहुने भन्दै हरेक क्षेत्रमा आवश्यक पर्ने लेखनसीपको अवसर सदुपयोग गर्न आग्रह गरेकी थिइन् ।

    कार्यशालामा अधिवक्ता हेमकला कट्टेल, मणि पराजुली लगायतले सहजीकरण गर्नेछन् ।

    टाइम्स मिडिया नेटवर्कका सदस्य सुशिल दाहालको अध्यक्षतामा भएको कार्यशालाको समुद्घाटन कार्यक्रममा न्यायिक समिति सदस्य शर्मिला सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, कानुन अधिकृत एलिना घिमिरे, न्यायिक शाखामा कार्यक्रम सहायक पाँचौं माया ऐर लगायतको आतिथ्यता रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.