Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ज्यालामजदुरी गर्दै आएका कनकाईका घतानी परिवारमा पर्यो ठूलो बज्रपात
    समाचार

    ज्यालामजदुरी गर्दै आएका कनकाईका घतानी परिवारमा पर्यो ठूलो बज्रपात

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ३२, बिहीबार ०८:५४ गते3 Mins Read

    कनकाई खबर \ ज्यालामजदुरी गर्दै आएका झापाको कनकाई—१ निवासी पुर्णवहादुर घतानीको परिवारमा यतिबेला ठूलो बज्रपात परेको छ ।


    आफ्नो परिवारको सुन्दर भविष्यको कल्पना गर्दै पाँच वर्ष अघि पहाडबाट मधेस झरेका घतानी परिवारमा एक पछि अर्को समस्याले अहिले पूरा परिवार पिडामा परेको छ । आँफू पनि दमको समस्याबाट ग्रसीत बनेका पुर्णवहादुरकी ३१ वर्षिय श्रीमति तारामाया घतानी यतिबेला बिएण्डसी हस्पिटलमा भर्ना भएकी छन् ।


    खेतको बीचमा रहेको एउटा सानो असुरक्षित घर, वर्ष ८ र ४ का आफ्ना साना दुई छोरीकी आमा तारामाया नौ महिना अघि गर्भवती भएकी थिइन् । यसै विचमा पाँच महिना अघि मुखमा सामान्य घाउँ देखा परेपछि घरायसी औषधि गर्दै आएपनि समस्या झनझन बढ्दै गएकाले थप उपचारकालागी घतानी दम्पति विर्तामोडस्थित मनमोहन अस्पतालमा पुगे । मुखमा भएको घाउ क्यान्सरमा परिणत भएको आशंकाले मनमोहनले पुर्वान्चल क्यान्सर अस्पतालमा रेफर गरेपछि घतानी दम्पतीको ओठमुख सुकेको थियो ।

    गर्भवती श्रीमतीलाई मुखमा भएको घाउले अझै समस्यामा नपारोस भन्ने उद्येश्यले अस्पताल गएका घतानी दम्पतिको तीन महिना अघि पुर्वान्चल क्यान्सर अस्पतालमा भएको स्वास्थ्य परिक्षणबाट घाँटीमा क्यान्सर भएको प्रमाणित भएपछि घतानी परिवारमा ठूलो चोट परेको छ ।


    ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएको परिवारमा गर्भवती श्रीमतिलाई भएको क्यान्सरका कारण नियमित स्वास्थ्य परिक्षण साथै समय समयमा महँगो किसिमको किमो चढाउँनु पर्ने भएपछि आर्थिक अभावकै कारण ज्यान जोखिममा परेको तारामायाका श्रीमान पुर्णबहादुरले भक्कानिदै आफ्ना व्यथा सुनाए ।


    डाक्टरको सल्लाह अनुसार नौ महिना पूरा भएपछि यहि जेठ २९ गतेका दिन बिएण्डसी अस्पतालमा अप्रेसन गरेर बच्चा निकालेको भएपनि बच्चा आँफै जन्मजात अस्वस्थ भएका कारण घतानी दम्पतीलाई पिडा थपिएको हो । गर्भवती भएकै अवस्थामा क्यान्सरबाट पिडित बनेकी तारामायालाई अप्रेसनपछि अब तत्काल किमो चढाउँनु पर्ने समय भएकाले खर्च अभावमा घतानी परिवार यतिबेला दाताको पर्खाइमा रहेको छ । तारामायाको क्यान्सरसँग सम्बन्धित उपचारकालागी पुर्वान्चल क्यान्सर अस्पतालका डाक्टर विरेन्द्र यादवको टिम खटिएको छ भने स्त्री रोग विशेषज्ञ डाक्टर सुरुची महतो र बाल रोग विशेष डाक्टर चन्द्रशेखर भगतले आ–आफ्नो विभागसँग सम्बन्धित उपचार सेवा दिइरहेको बताइएको छ ।


    बिएण्डसी अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर चन्द्रशेखर भगतका अनुसार बच्चाको देब्रे तर्फको मृगौला सुनिएको कारण थप उपचारकालागी काठमाण्डौ लानु पर्ने भएको छ । बच्चाको स्वास्थ्य अवस्थालाई हेर्दा जतिसक्दो चाँडो काठमाण्डौ महाराजगन्जस्थित कान्ती बाल अस्पताल पुर्याउँन सकेमा राम्रो हुन सक्ने बाल रोग विशेषज्ञ डाक्टर भगतले सुझाव दिएका छन् । तारामायाको भने अप्रेसन गरेको घाउ केही बिसेक भएपछि किमो दिएर थप उपचारलाई अघि बढाउँनु पर्ने डाक्टर सुरुची महतोले बताएकी छन् । अढाई केजीको तौल भएको बाबुलाई अप्रेसन गरेर निकालेको भएपनि स्वस्थ भइदिएको भए केही चित्त बुझाउँने ठाउँ हुने भन्दै विरामीसँगै रहेका पुर्णवहादुरले दुखेसो पोखे ।


    विरामीका कारण ज्यालामजदुरी समेत गर्न नपाएपछि उपचारकालागी आर्थिक अभावले छटपटाएका घतानी परिवारलाई स्थानीय छरछिमेकीको पहलमा कनकाई नगरपालिका, नगरका सबै वडा कार्यालयसहित स्थानीयवासीबाट भएको आर्थिक सहयोगले प्रारम्भिक चरणको स्वास्थ्य उपचार भइरहेको सहयोगमा सम्लग्न युवा समाजसेवी दिपक चापागार्इँले जानकारी दिए । ३१ वर्षको युवा अवस्थामै तारमाया सहित परिवारले भोग्नु परेको यो पिडामा सकेको सहयोग गरिदिन सम्बन्धित सबैलाई चापागार्इँले अनुरोध गरेका छन् ।


    सहयोग गर्न चाहने सम्पुर्ण सहयोगी मनहरुलाई क्यान्सर पिडित तारामायाका श्रीमान पूर्णबहादुर घतानीको सुरूड्गा शाखामा रहेको नविल बैंकको खाता नम्बर १६११००१७५०१७५० मा सहयोग रकम जम्मा गरिदिन अपिल गरिएको छ । सम्पर्क गर्न चाहनेलाई मोबाइल नं. ९८१८५६७३०९ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.