Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शहिद तथा बेपत्ता परिवारको सम्मानमा ३३ जनाले गरे रक्तदान
    समाचार

    शहिद तथा बेपत्ता परिवारको सम्मानमा ३३ जनाले गरे रक्तदान

    ramBy ram२०७६ श्रावण ४, शनिबार १३:१५ गते2 Mins Read

     

    राम निरौला

    कनकाई खबर \ स्व.मदन भण्डारी र जीवराज आस्रीतको हत्याको विरोधमा २०५० सालको देश व्यापी आन्दोलनमा आफ्नो ज्यान गुमाएका स्व. डिल्ली गौतमको स्मृतिमा शनिवार झापाको सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

      आन्दोलनका समयमा झापाको दमकमा प्रहरीको गोली लागेर सोही समयमा साउन ४ गतेका दिन आफ्नो ज्यानको आहुती दिएका कनकाई नगर निवासी गौतमको २६ औं स्मृति दिवसको अवसरमा रक्तदान साथै बेपत्ता तथा शहिद परिवारलाई सम्मान गरिएको छ । निशुल्क स्वास्थ्य परिक्षण समेत भएको रक्तदान कार्यक्रममा तीन महिला सहित ३३ जनाले रक्तदान गरेको वताइएकोा छ । कार्यक्रमका प्रमुख अतिथी झापा क्षेत्र नं.४(ख)का प्रदेश सभा सदस्य हिरा थापा, कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल, नेपाल कम्युनिष्ट पार्टी झापाका सचिव मणिकुमार साम्पाङ् लगायतले बेपत्ता तथा शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।

      यसरी सम्मानित हुनेहरुमा द्वन्द कालमा झापाको कनकाईवाट बेपता भएका सुरेश पोखरेल, सम्झना अधिकारी र ईश्वर ढुङ्गेललाई संझना गर्दै उहाँहरुका अभिभावकलाई सम्मान गरिएको हो । त्यस्तै आन्दोलनका क्रममा विभिन्न समयमा आफ्नो ज्यान गुमाएका शहिद रामनाथ दहाल, डिल्लीराम गौतम, प्रेम श्रेष्ठ,लक्ष्मी पाण्डे, शंकर खपाङ्गी, पुष्प वजगाईँ, मानवहादुर खपाङ्गी, देवेन्द्र पौडेल,भीमप्रसाद पौडेल र राजन गिरीको संझना गर्दै परिवारका अभिभावकहरुलाई सम्मान गरिएको डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिएका छन् ।

     

       बेपत्ता तथा शहिदको सपना पूरा हुनु भनेकै जनप्रतिनिधीको लक्ष्य प्राप्ती हुनु हो भन्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हिरा थापाले शहिदको योगदानका कारण मुलुकको परिवर्तनमा ठूलो टेवा पुगेको बताएका छन् । राष्ट्र समृद्धिको अभियानमा आफ्नो अमूल्य जीवनको योगदान गर्ने सम्पूर्ण शहिदहरुको सपना पूरा गर्ने प्रतिवद्धताकालागि नै कम्युनिष्ट पार्टी एक ठाउँमा उभिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी झापाका सचिव मणिकुमार साम्पाङ्ले वर्तमान सरकार सहिद तथा बेपत्ता परिवारकालागि जिम्मेवार अभिभावकका रुपमा रहेको प्रष्ट पारेका छन् ।

       प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालको सभापतित्व एवम् सदस्य डम्बर फुयालले स्वागत गरेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, शहिद रामनाथ दहालकी सुपुत्री कनकाई नगरपालिकाकी उप्रमुख मन्जु प्रसाई, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव विनोद रानाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.