Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गापुरमा बन्ने भयो सुविधा सम्पन्न सामुदायिक भवन( भिडियो सहित)
    समाचार

    दुर्गापुरमा बन्ने भयो सुविधा सम्पन्न सामुदायिक भवन( भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ३१, बुधबार १३:२४ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई–१ स्थित दुर्गापुरमा आधुनिक सुबिधा सम्पन्न सामुदायिक भवन निर्माण हुने भएको छ ।

    दुर्गापुरस्थित श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा निर्माण हुने दुर्गा भगवती सामुदायिक भवनको वैद्धिक मन्त्रोचारण सहित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शिलान्यास गरेका छन् ।कनकाई —१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलासहित पदाधिकारीहरु, निर्माण समितिका संयोजक कुमारमणि पोखरेल सहित पदाधिकारीहरु, स्थानीय दाता परिवारका सदस्यहरु, संचारकर्मीसहितको उपस्थितीमा सामुदायिक भवन शिलान्यास भएको हो । दुई वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित शिलान्यास गरिएको दुई तले सामुदायिक भवन सबै वर्ग र समुदायकालागी सहज रुपमा संचालनमा आउँने बताइएको छ ।


    भवन निर्माणकालागि कनकाई नगरपालिकाबाट ४ लाख रुपैंयाँको बजेट बिनियोजन भएको छ भने पोखरेल परिवारसहित स्थानीय दाताहरुबाट समेत गरी करिव १० लाख रुपैंयाँको बचन प्राप्त भएको बताइएको छ । गत चैत ८ देखि १६ गते सम्म मन्दिर व्यवस्थापन समितिले संचालन गरेको श्रीमद देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञका अवसरमा केही दानविर दाताहरुले सामुदायिक भवन निर्माणकालागी आर्थिक सहयोग गर्ने बचन दिएपछि दुर्गापुर क्षेत्रको आवश्यक्तालाई समेत मध्यनजर गर्दै सुविधा सम्पन्न सामुदायिक भवनको परिकल्पना भएको हो । सुरुङ्गा जेसीजकी पुर्व अध्यक्ष समेत रहेकी एक सफल महिला नेतृ सरला दहाल पोखरेलको संयोजकत्वमा गठन भएको समितिले महायज्ञ सहज रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।


    महापुराणकै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष समेत रहेका सुरुङ्गा जेसीज, रोटरी क्लव अफ सुरुङ्गा, कनकाई उद्योग वाणिज्य संघ, पृथ्वी सहकारी संस्था सहित अन्य धेरै सामाजिक संघसंस्थाको सफल नेतृत्व सम्हालिसकेका कुमारमणि पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको हो ।


    भवनको पहिलो तला निर्माकालागी ६० लाखको बजेट स्टमेट गरिएको भएपनि हाल बचन प्राप्त भएकोसहित १४ लाख रुपैंयाबाट भवन निर्माणको कार्य शुभारम्भ गरिएको निर्माण समितिका संयोजक पोखरेलले बताए । अन्य बजेटकालागी दाताहरुको पहिचान हुने काम भइरहेको बताइएको छ ।५६÷३५ को क्षेत्रफलमा निर्माण हुने सामुदायिक भवनको दोस्रो तलाको स्टमिट पछि गरिने गरी हाल पहिलो तलाको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने निर्माण समितिका संयोजक पोखरेलले प्रतिवद्धता जनाए । पवित्र उद्येश्यले सुरुवात गरिएको कुनै पनि कार्यबाट सफलता हात पार्न सकिन्छ भन्ने दृढ विश्वासका साथ कार्य प्रारम्भ गरिएको निर्माण समितिका संयोजक पोखरेलले जानकारी दिए।


    भवन निर्माणकालागि अग्रज समाजसेवी पोखरेलको संयोजकत्वमा सात सदस्यीय निर्माण समिति गठन गरिएको छ । समितिको सचिवमा गोपाल कुमार पोखरेल, कोषाध्यक्षमा इन्दिरा कोइराला रहेका छन् भने सदस्यहरुमा क्रमशःकुशल न्यौपाने, मनोजकुमार पोखरेल, राधिका भट्टराई र सुवास ढकाल रहेको बताइएको छ ।


    दुर्गापुर बजारको मुख्य राजमार्ग उत्तर तर्फ रहेको नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरको २ कठ्ठा७ धुर क्षेत्रफलको उत्तर—पुर्वतर्फ भवन निर्माण हुनलागेको बताइएको छ छ । मन्दिर परिसरमा रहेको सो जमिन स्थानीय समाजसेवी स्व.पुष्पराज, स्व.हेडम्बराज र मोहनराज पोखरेलका परिवारले दान दिएको बताइएको छ । त्यसैगरी मन्दिरको नाममा प्रजापतिमा १० कठ्ठा जग्गा रहेको छ । उक्त जग्गा समाजसेवी दाजुभाइ स्व. गणेशप्रसाद पोखरेल र स्व.कुमुदिनी पोखरेलले दान दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले जानकारी दिए ।


    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.