नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पार्टीको कार्यवाहक सभापति तोकिएका छन्।पार्टी सभापति शेरबहादुर देउवा सिंगापुर गएपछि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।सभापति देउवा मंगलबार राति सिंगापुर प्रस्थान गरेका छन्।
उनी नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्। उनी नफर्कुन्जेलसम्माका लागि पार्टीको विधानअनुसार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो। देउवा करिब एक सातापछि स्वदेश फर्कने उनको सचिवालयले जानकारी दिएको छ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

