श्रीमान श्रीमतीनै झुन्डिएको अवस्थामा फेलामकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान श्रीमतीनै झुन्डिएको अवस्थामा भेटिएका छन् ।७८ बर्षिय कृष्णप्रसाद दाहाल र निजकै श्रीमती ७४ बर्षिया नन्दकुमारी दाहालले आफ्नै तिन तले पक्की घरमाथीको ट्रसले छाएको पुजा कोठामा अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई झुन्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
