भारतमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ। भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको ज्यान गएको हो।कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाईकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ। उनीहरु खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए। शनिवार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए। उनीहरुलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

