Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल आदिवासी जनजाती महासंघले आन्दोलनको घोषणा गर्दै झापामा पुत्ला दोहन
    राजनीति

    नेपाल आदिवासी जनजाती महासंघले आन्दोलनको घोषणा गर्दै झापामा पुत्ला दोहन

    ramBy ram२०७६ श्रावण ३, शुक्रबार १६:४४ गते2 Mins Read

      कनकाई खबर  \ नेपाल आदिवासी जनजाती महासंघ झापाले शनिवार बन्दको घोषणा गरेको छ ।

        महासंघले लोकसेवा आयोगले बिभेदपुर्ण रुपमा बिज्ञापन प्रकाशन गरेर परीक्षा लिन शुरु गरेको भन्दै प्रदेश न १ बन्दको आह्वान गरेको हो । संविधानले व्यवस्था गरेको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेर बिज्ञापन प्रकाशन परीक्षा सुरु गरेको महासंघको आरोप छ । महासंघ झापाले शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी लोकसेवाले आदिवासी जनजातिप्रति गरेको अन्याय बिरुद्ध बन्दको घोषणा गरेको हो ।

        लोकसेवा आयोगले स्थानीय तह र प्रदेशका लागि ९ हजार १ सय २६ जना निजामती कर्मचारीका लागि बिज्ञापन आव्हान गरेको थियो । संविधानमा ४५ प्रतिशत आरक्षणको ब्यवस्था गरेको भन्दै हाल त्यो घटाएर २३ प्रतिशतमा झारिएको प्रति महासंघले आपत्ति जनाउँदै बन्दको आव्हान गरेको महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले बताएका छन् । महासंघका अध्यक्ष श्रेष्ठले जनजाति, आदिवासी, मुस्लिम, दलितलगायत ५९ वटा जातीय संघ, संगठनको यस आन्दोलनमा  ऐक्यवद्धता रहेको बताएका छन् ।

       महासंघले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रवार वेलुका बिर्तामोडको मुक्तिचोकमा पुत्ला दहन गरेको छ । ‘सरकारले नै संविधान उल्लङ्घन गरेको छ’ महासंघका पुर्व अध्यक्ष प्रेम घिसिङले भने ‘नभए संविधानमा व्यवस्था गरिएका कुराहरु दिनुपर्छ ।’

        सरकारले नै आरक्षण कटौती गरेकाले बाध्य भएर आन्दोलन गरेको घिसिङले बताए । बन्दलाई संघीय लिम्बुवान मञ्च, नेपाल झापाका अध्यक्ष धनबहादुर पन्धाक, महासंघका मेचीनगरका पुर्व अध्यक्ष केवलराम राई, लगायतले उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था बन्दको आह्वान गरेको बताएका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.