कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोट शुभकालिका गाउँपालिका–६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।जिप सडकबाट १५० मिटर तल खसेको छ । दुर्घटना के कसरी भएको हो भन्नेबारे खुलेको छैन । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

