जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो ।प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

