Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माइधार–दोमुखा सडक खण्डको कालो पत्रे ४ करोड २४ लाखमा सम्पन्न
    समाचार

    माइधार–दोमुखा सडक खण्डको कालो पत्रे ४ करोड २४ लाखमा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ २६, शुक्रबार ११:२९ गते3 Mins Read

    शिवसताक्षी \ झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालिस वर्षपछि कालो पत्रे भएको छ ।


    शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २ हजार ९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे सडक निर्माण सम्पन्न भएको बताइएको छ ।जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको रु.२ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाई कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ ।


    शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले माईधार –दोमुखा सडक कालो पत्रे गर्नका लागी धेरै बाधा व्यवधानहरु बीच भएपनि कालो पत्रेको काम सम्पन्न भएको बताए । हाल कालो पत्रेको काम सम्पन्न भएको छ । सडकमा निर्माण भएका कल्भर्डहरु केही समय जाम गर्नु पर्ने भएकाले कल्भर्डको काममा समय लाग्ने नगर प्रमुख थोप्राको भनाई छ ।
    नगर प्रमुख थोप्राले स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी एजेन्डाको रुपमा पनि यो सडकलाई राखेका थिए । आफु नगरप्रमुख भएको करिब एक वर्षमा उक्त सडक कालो पत्रे गरेर नगर प्रमुख थोप्राले जनतासँग गरेको बाचा पुरा गरेका छन् ।

    शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको सडक खण्ड कनकाई सिँचाई आयोजनाले २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिलेसम्म सो सडकको स्तरउन्नति हुन सकेको थिएन । करिव ४० वर्षपछि यो सडक कालोपत्रे भएको हो । कालो पत्रेको काम तोकिएको समय भित्रै निर्माण सम्पन्न गरेर कालो पत्रे सडक नगरपालिकालाई जिम्मा दिने निर्माण कम्पनी सतासी निर्माण सेवाले जनाएको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सडक निर्माण मापदण्ड अनुसार नै भएको बताइएकी छन् । सडक निर्माणका क्रममा केही कमी कमजोरी देखिएकाले पुनः त्यसलाई सच्याएर सडक निर्माण अगाडी बढाएका थियौं । उनले भनिन् सडक भित्र बनाइएका कल्भर्डहरुका साइडमा लगाइने वाल नक्सामा भन्दा बढी लगाउनु पर्ने भएकाले त्यसलाई संसोधन गरी पुरा वाल लगाएर काम गरिने बताइन् । हाल सडक कालो पत्रेको काम मात्र सकिएको छ । थप कल्भर्डहरुको काम सकिएपछि मात्र पूर्ण रुपले सडकको काम पुरा हुने उपप्रमुख कार्कीको भनाई छ।


    सडक निर्माणमा वडा नं.१० ले विशेष निगरानी गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष हर्क सिगुले निरन्तर खबरदारी र निगरानीका बीच सडक कालो पत्रे भएको बताए । हामी दिनहुँ रुपमा सडकमै हुन्छौं । उनले भने, वडका काम बाहेकका समय सडकमै विताएका छौ । सडकमा पछि देखिने कमजोरीहरुलाई निर्माण गर्दै सुधार गर्नका लागिपरेका थियौ । केही कमजोरी देखिएकाले सुधार पनि गरेका छौ । मापदण्ड अनुसार नै बनेको अध्यक्ष सिगुको भनाई छ ।


    माइधारबाट दोमुखा सम्म बाटो राम्रो नहुँदा यहाँ आउने पर्यटकहरुले सास्ती व्यहोर्नु परेको थियो । दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालो पत्रे बनेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा थप बृद्धि हुने अपेक्षा गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.