सुनको भाउ बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ।अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १४१५ रुपैयाँमा बिक्री भएको थियो
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
