Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण तथा प्रयोगमा निषेध, नगरवासीमा सहयोगको अपिल
    समाचार

    कनकाईमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण तथा प्रयोगमा निषेध, नगरवासीमा सहयोगको अपिल

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ २६, शुक्रबार ०५:१५ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले सार्वजनिक स्थलमा गुट्खा, खैनी तथा चुरोट लगायतका सुर्तीजन्य पदार्थ बिक्रि वितरण तथा प्रयोगमा निषेध गर्ने निर्णय गरेको छ।

    धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिचान बनाएको कनकाई नगरीलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको कनकाई नगरपालिकाले यहि २०८० को साउन १ गतेदेखी सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थ खैनी, चुरोट, गुट्खा लगायतको बिक्रि वितरण तथा प्रयोगमा निषेध गर्ने निर्णय गरेको बताइएको छ ।

    यहि जेठ १७ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार नगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ बिक्रि वितरण तथा प्रयोगमा निषेध गर्ने निर्णय भएअनुसार सार्वजनिक रुपमा सुचना जारी गरेको नगरपालिकाका प्रशासकीय अधिकृत विवेक भण्डारीद्वारा हस्ताक्षर गरिएको सुचनामा जनाइएको छ ।

    बन्द निषेधित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको नेपालकै पहिलो विद्युत चुहावट मुक्त नगर कनकाई नगरपालिकालाई व्यवस्थित र सभ्य बनाउने दायित्व नगरबासीकै भएकाले यो निर्णय कार्यान्वयनमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सहयोगकालागी सबैलाई अनुरोध गरेका छन् । सूर्तीजन्य पदार्थको प्रयोगले हुने घातक रोगबाट नगरबासीलाई जोगाउँने उद्येश्यले आफ्नो पहिलो कार्यकालबाटै नगर प्रमुख पोखरेलले गुट्खा, खैनी तथा चुरोट लगायतका सुर्तीजन्य पदार्थ प्रयोगमा रोक लगाउँने विषयमा बारम्बार सार्वजनिक कार्यक्रमहरुमा सचेतना जगाउँदै आएका थिए ।

    कनकाई नगर प्रमुख पोखरेलले नगरपालिका क्षेत्रमा भौतिक पूर्वाधारको विकाससँगै स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, युवा स्वरोजगार लगायतका कार्यक्रमहरु जनताले अनुभव गर्न सक्ने गरी संचालन गर्दै आएको बताए । नगर क्षेत्रमा भएका थप महत्वपूर्ण विषयको जानकारी गराउँदै नगर प्रमुख पोखरेलले फोहोरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, सडक क्षेत्रमा पार्किङको व्यवस्थापन साथै बजार क्षेत्रलाई स्मार्ट चोक बनाउँने उद्येश्यले स्मार्ट लाइटको व्यवस्था जस्ता जनसरोकारका विषयलाई अभियानका रुपमा सञ्चालन गरिरहेको बताए ।

    नगर प्रमुख पोखरेलले कनकाई नगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन समेत पटक पटक सरोकारवालाहरुलाई आग्रह गरेका छन् । ‘समुन्नत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाईको मूल आधार’ भन्ने नारालाई आत्मासाथ गर्दै अघि बढेको कनकाई नगरपालिका हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य पालिकाको रूपमा स्थापित गर्नुपर्छ, प्रमुख पोखरेलले भने, ‘शहर बजारको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । नगरपालिकाले अघि सारेको अभियानमा सबैको साथ एवं सहयोग रहनेमा आँफू विश्वस्त रहेको नगर प्रमुख पोखरेलले कनकाई खबरसँगको कुराकानीमा बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.