५० हजार रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ परेका छन् ।सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
