Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फागुन ७ गतेदेखि भद्रपुरमा फुटबलको कुम्भ मेला , सम्पूर्ण तयारी पूरा
    खेलकुद

    फागुन ७ गतेदेखि भद्रपुरमा फुटबलको कुम्भ मेला , सम्पूर्ण तयारी पूरा

    कनकाई खबरBy कनकाई खबर२०७९ फाल्गुन ६, शनिबार १६:४७ गते2 Mins Read

    भद्रपुर \ मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

    गोल्डकप आयोजक समितिले प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सवै पूर्वाधार सहितका संरचना तयार पारिसकिएको हो ।समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत र भुटानका गरी १० टिमको सहभागितामा हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक संरचना तयार भइसकेका छन् ।

    समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीका अनुसार आयोजक टिमका लागि भद्रपुर ब्लेजर्सका लागि भद्रपुरका ख्यातिप्राप्त खेलाडीसहित नेपाल तथा क्यामरुमका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुनेछन् ।

    प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा क्लब, मनाङ मस्र्याङ्दी लगायतका नेपालका ए डिभिजन टिमको सहभागिता रहनेछ । महासचिव श्रेष्ठका अनुसार विजयी पुरस्कर १३ लाख रुपैयाँ राशिको हुनेछ भने उपविजयी टिमले पुरस्करवापत ७ लाख रुपैयाँ पाउनेछ ।

    आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । गोल्डकपमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइएको छ भने भद्रपुर नगरपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइनेछ ।

    गोल्डकप समितिका अध्यक्ष दिपेश ढकालका अनुसार रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारापिट तयार पारिएको छ । खेल हेर्न १५० रूपैयाँको टिकट काट्नु पर्नेछ तर १४० रूपैयाँ बराबरको जुस टिकट खरिदकर्ताले निःशुल्क पाउने छन् । हरेक दिन २४ इन्चको टिभी, सौर्य एयरलाइन्सको काठमाडौं भद्रपुरका लागि ३ वटा टिकट र ५ जनाले होटलमा खाना निःशुल्क पाउने गरी लक्की ड्रको व्यवस्थासमेत गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

    प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालको अध्यक्षता तथा सञ्चार संयोजक गोपाल गिरीको संयोजनमा सम्पन्न पत्रकार सम्मेलनमा गोल्डकप संरक्षण समितिका संयोजक भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, आयोजक टिमका प्रमुख प्रशिक्षक हरि खड्का, सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेल लगायत खेल सम्बद्ध व्यक्तिहरूको सहभागिता थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Comments are closed.

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.