Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको नदी नियन्त्रण ५ वर्षमा १२ गुणा बढी काम
    समाचार

    कनकाईको नदी नियन्त्रण ५ वर्षमा १२ गुणा बढी काम

    adminBy admin२०७९ बैशाख २, शुक्रबार ०४:१९ गते6 Mins Read

    सीएम शर्मा,

    कनकाई खबर \ देशकै बन्द निषेधित क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको क्षेत्र झापाको कनकाई नगरपालिका जसको नाम धार्मिक तथा ऐतिहासिक महत्व बोकेर नगर क्षेत्र भएर बहने प्रसिद्ध कनकाई माई नदीको नामको आधारमा कनकाई नगरपालिका राखिएको छ ।

    कनकाई नदी झापा प्रवेशसँगै कनकाई नगरपालिका हुँदै बहने गरेको छ । यो सँगै कनकाई नगरपालिका भएर अर्को ठूलो नदी बिरिङ पनि बगेको छ । सदियौंदेखि यिनै नदीबाट यहाँका कृषकहरूले कुलो खनेर जग्गा सिँचाइ गरी कृषि उपज उत्पादन गर्दै आएका छन् । यस प्रसंगमा यी नदी खोलाहरू यहाँका किसानलाई वरदान सावित भएका छन् भने कहिले काहीँ यिनै नदीहरू अभिसाप भएका छन् । यिनै नदीमा आएको बाढी र कटानले यहाँका सयौ घरपरिवारको उठिबास भएको छ । यहाँको उर्वरभूमि बगरमा परिणत भएको छ कतिको ज्यानै समेत गइसकेको छ । सालिन्दा नदीतटीय क्षेत्रमा रहेका बासिन्दाहरूले यी नदीबाट ठूलो क्षति ब्यहोर्दै आएका छन् ।


    कनकाई नगरपालिका चुरे क्षेत्रको काखमै रहेकोले कनकाई र बिरिङ दुई ठुला नदी बाहेक चुरे क्षेत्रवाट बर्षायाममा उर्लेर आउने खहरे खोलाहरूले गर्दै आएको विध्वंशको पनि यस क्षेत्रका बासिन्दाले सदियौदेखि निरीह बनी सामना गर्दै आएका छन् ।

    साना खहरेहरूले कसरी उद्दण्ड मच्चाउँछन् कनकाईमा ?


    वर्षा शुरु भएसँगै उत्तरी क्षेत्रबाट उर्लेर आउने घाग्रा खोला, बाघे खोला, सन्काहा खोला, सम्धी खोला, भुरुङ्गा खोला, टुङ्गे खोला, बिरसिङ्गे खोला र नुनमाटे खोला लगायतका खहरे खोलामा आएको बाढीले विशेषतः कनकाई नगरमा सालिन्दा पूर्व–पश्चिम राजमार्गको दक्षिणी क्षेत्रमा भन्दा पनि उत्तरतर्फ वडा नं. १ , २ र ३ मा उद्दण्ड मच्चाउने गरेको छ ।


    यहाँको खेतीयोग्य जमिनमा यी खहरेहरूले विनाश गर्ने गरेका छन् । खहरेहरूको व्यवस्थित निकास नहुँदा वर्षैपिच्छे धार परिवर्तन गरी महिनौंदेखिको किसानको मेहनत र सपनालाई पनि सँगै लिएर जाने गरेको स्थानीय बताउँछन् । सन्काहा खोलाले त झनै झरना बस्तीमा सालिन्दा हलचल नै मच्चाउने गरेको छ । सुरुङ्गाबाट भुरुङ्गासम्मको सुधीर मार्गमा सालिन्दा कटान बाढीले प्रभावित गर्दै आएको छ । मुख्यतया नवनिर्मित संरचना र प्लटिङ्गको कारणले पनि यी खहरेहरूले धार परिवर्तन गरी दुःख दिने गरेका छन् । समयमै सरोकारवाला निकायको यस विषयमा ध्यान नपुगे निकास नछोडी बनिदै गरेका संरचनाको कारण भविष्यमा अझ बढी जोखिम मोल्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।


    नदीनालाको विध्वंश नियन्त्रणको लागि स्थानीय सरकारले के ग¥यो त ?

    कनकाई नगरभित्र नदी नियन्त्रणमा पछिल्लो ५ वर्षको अवधिमा विभिन्न कामहरू भएका छन् । बिरिङ्ग नदीको दुवै धार करिब करिब १३ किलोमिटर क्षेत्र रहेकोमा स्थानीय सरकार आउनु अघि वडा नं.६ को भूभागमा जम्मा ३ सय मिटर तटबन्ध, वडा नं. ८ मा हात्तीपाईले २ वटा र ९ नं. मा केही स्पोरहरु मात्रै भएकोमा अहिले बिरिङ्ग नदीको विभिन्न क्षेत्रमा गरी ३३ सय मिटरभन्दा माथि तटबन्ध भइसकेको छ भने बिरिङमा अब करिब १० किलोमिटर तटबन्ध बाँकी रहेको छ । कनकाई नगर भरिकै तथ्याङ्क हेर्ने हो भने बिरिङबाहेक अन्य नदीमा केही स्पोरहरू मात्रै थिए । तथापि अहिले नगरभरिमा ४ हजार मिटरभन्दा बढी तटबन्ध भइसकेको छ । यो तथ्याङ्कअनुसार कनकाईमा नदी नियन्त्रणमा ६ दशकमा भन्दा ५ वर्षमा १२ गुणा भन्दा बढी काम भएको छ ।


    हालसम्म कनकाईमाई नदीमा मिसिएको नुनमाटी खोलामा स्पोर जाली, सुकेडाँगी वनभोज क्षेत्रमा स्पोर जाली, कनकाई घाट परिसरमा स्पोरजाली र तटबन्ध, कनकाई पुल दक्षिणमा स्पेरजाली, सुरुङ्गा पुल दक्षिण चम्पापुर–सुरुङ्गा सडक भित्रमा तटबन्ध साथै सुरुङ्गा खोला चौडाइ गरी बाँध निर्माण, सन्काहा खोलामा तटबन्ध, घाग्रा खोला पर्ने ९ नम्बर गोकुल जोशी मार्ग दक्षिण र ८ नं. को भेट्वाल गाउँ उत्तरमा जाली र बाँध बाँध्ने काम सम्पन्न गरिएको छ । प्रत्येक वर्ष जोखिमयुक्त क्षेत्रहरू मध्ये उच्च जोखिम भएको क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरले ७ करोड ५० लाख नगरकै बजेटबाट साथै प्रदेश, संघ, सिंँचाइ कार्यालय, राष्ट्रपति चुरे संरक्षण अभियान र जनताको तटबन्धबाट सहयोग लिएर उक्त तटबन्ध गरिएको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।


    तटबन्ध अघिको अवस्था कस्तो थियो ?


    कनकाई नदीमा तटबन्ध गर्नु अघि धनुषकोटीधाम परिसर, सुकेडाँगी वनभोज स्थल साथै कनकाई सामुदायिक वन क्षेत्रनै कटानको जोखिममा थियो । त्यसै गरी कोटिहवन धार्मिक क्षेत्र तथा कनकाई घाट परिसरमा भएको कटानले कोटिहवन क्षेत्र साथै घाटनै सङ्कटमा थियो भने प्रत्यक्ष रूपमा कनकाई पुल दक्षिणमा रहेको कनकाई वडा नं. ४ को ३ सय घरपरिवार भन्दा माथि बसोवास रहेको बस्ती नै जोखिममा थियोे । कनकाई ठूलो नदी भएकोले यी क्षेत्रमा कटानको जोखिम हुँदा मुकदर्शक भई टोलाउनु बाहेक अन्य कुनै विकल्पै थिएन ।

    यता सुरुङ्गा खोलामा आएको बाढीले कृषि उपजमा नोक्सानी पु¥याउँदै भारतसँग सीमा जोडिएको झापारोडमा यातायात नै ठप्प हुने गर क्षति पु¥याउँथ्यो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि २०७४ साल साउन २९ गते आएको बाढीले नगरभरिमा २५ घर बगाएको थियो भने धेरै धनजनको क्षति गरेको थियोे । नदीमा तटबन्ध नहुँदा सधँैभरि दुःख खेप्दै आएका कनकाई–८ बाघेडाँगीका स्थानीय भन्छन, ‘वर्षा शुरु भएपछि सधैं जसो हामी आफैले कच्ची बाँध बाँध्ने गथ्र्यौं, हामीलाई एकातिर सानो अर्कोतिर ठूलो मुख पारेर बाँसको सहायताले बाँधिने माछापुच्छ्रे्र बाँध बाँध्न जसवीरे सुब्बाले दुर्गापुरबाट आएर सिकाउँथे, हामीले दिनभरि बाँधेको बाँध र दिनभरि खनेको कुलो एक भुल्को बाढीले लगि दिन्थ्यो, बर्षे खेती गरेर अन्न भित्राउन पाइन्न थियो, सालै पिच्छे घर बनाउनु पथ्र्याे, रातारात बाढीले घर बगाएर लान्थ्यो, हामी कलिला लालाबाला काखी च्यापेर भाग्नु पर्दथ्यो ।’ यथार्थमा स्थानीयको पीडा सुन्दा जोसुकैको आँखा नरसाउलान् भन्न सकिँदैन ।


    तटबन्ध पछिको अवस्था के छ ?


    स्थानीय सरकार बनिसकेपछि कनकाई नगर क्षेत्र भएर बग्ने नदी र खोलाहरूमा भएको तटबन्धले स्थानीयको खुसी फर्किएको छ । कनकाई नदीमा पुल दक्षिणपट्टि लगाइएको स्पोरको विषयमा प्रभावित क्षेत्र कनकाई–४ का स्थानीय बासिन्दा टेक बहादुर माझी भन्छन्, ‘ तटबन्धबाट प्रत्यक्ष ३ सय घर लाभान्वित भएका छन्, उनीहरूको जिउधनको सुरक्षा भएको छ ।’ त्यस्तै कनकाई–४ कै देवीमाया मिश्र र चेतबहादुर माझी एक स्वरमा भन्छन्, ‘जाली लगाउनु अगाडि हामीलाई बाढीले कतिबेला बगाएर लाने हो, बेलुका सुतेको बिहान उठ्न पाइन्छ पाइन्दैन भन्ने एकदमै त्रास थियो, अहिले त्यो त्रासबाट मुक्त भएका छौं ।’


    धनुषकोटीधाम परिसर, सुकेडाँगी वनभोज स्थल, कनकाई वनक्षेत्र र कोटीहवन घाट परिसरको जोखिम टरेको छ । यस क्षेत्रमा यतिबेला थप तटबन्धको काम पनि भइरहेको छ । त्यसै गरी सुरुङ्गा खोलाकै कारण झापारोड ठप्प हुने अवस्थाको पनि अब अन्त्य भएको छ ।


    बिरिङ्ग खोलाको तटबन्धले उजालिएको मुहारमा मुस्कान थप्दै कनकाई–८ का मकरबहादुर श्रेष्ठ भन्छन, ‘तटबन्धपछि खेतीयोग्य जमिन निस्किएको छ । अब यहि खेति गरेर जीविकोपार्जन गर्न सकिने भएको छ ।’ स्थानीय मानबहादुर विश्वकर्मा बिगत सम्झँदै भन्छन्, ‘साना छोराछोरीले बेलुका सुत्ने बेलामा बुबा बिरिङको माथिल्लो क्षेत्रमा पानी परेको छ कि छैन ? हेरेर आउनु न, निद्रा लागिसक्यो भन्ने गर्थे अब त्यस्तो सुन्न परेको छैन ।’


    के हाल सम्म गरिएको तटबन्ध पर्याप्त छ त ?

    कनकाई नगरको सानो आकारको बजेटले मात्रै हालसम्म भएको तटबन्धलाई धान्दैन थियो । नगरले प्रदेश सरकार, संघीय सरकार, सिँचाइ मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण अभियान र जनताको तटबन्धबाट सहयोग लिएर यस ५ बर्षको अबधिमा विगत ६० बर्षको कामको तुलनामा अत्याधिक काम गरेको तथ्याङ्कले बताउँछ । तथ्यांक अनुसार ५ बर्ष अगाडि सम्म कनकाईमा जम्मा ३ सय मिटर तटबन्ध र केही स्पोरहरु मात्रै थियोे भने यो ५ वर्षको अवधिमा ४ हजार मिटर तटबन्ध भएको देखिन्छ । नगरको निश्चित प्रतिशत बजेट, प्रदेशको र संघको पनि निश्चित प्रतिशत बजेटको साझेदारीमा काम गर्न सकियो भने निकै प्रभावकारी हुने भएकोले पोखरेलले यस विषयमा सम्बन्धित तहको ध्यानाकर्षण समेत गरेका छन् । जोखिम नियन्त्रण भए पनि पर्याप्त नभएकोले जोखिमबाट पूर्ण मुक्त हुन कनकाईका दुई ठूला नदी कनकाई र बिरिङको दुबै किनारमा पूर्ण तटबन्ध गर्नुपर्ने स्थानीयको भनाइ छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.