Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनवारी सामुदायिक वनको निर्वाचनले कनकाईको माहोल ततायो
    समाचार

    जामुनवारी सामुदायिक वनको निर्वाचनले कनकाईको माहोल ततायो

    कनकाई खबरBy कनकाई खबर२०७७ मंसिर ११, बिहीबार १०:४७ गते6 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिका अन्तर्गत रहेको जामुनवारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको निर्वाचनले यतिबेला कनकाईको माहोल तताएको छ ।

       सामुदायिक वन समूहका आम उपभोक्ता एकातिर मंसिरको धानबाली थन्क्याउँने चटारोमा छन् भने अर्कातिर वन समूहको निर्वाचनले यहाँका ८ सय ४१ घरधुरी उपभोक्तामा चहलपहल बढाएको छ । मंसिर १३ गतेको निर्वाचनले समूहको अध्यक्षसहित तीन वर्षका लागि नयाँ टिम चयन गर्छ या पुरानै नेतृत्व दोहो¥याउँछ, त्यो हेर्न बाँकी छ । तर, समूहका उपभोक्ताहरू महिना दिन अघिदेखि नै दुई पक्षमा विभक्त भएर हार‑जितको अंकगणित मिलाइरहेका छन् ।

       २०५२ सालमा स्थापना भएको यो सामुदायिक वनले हालसम्म चार जनाको मात्र नेतृत्व देखेको छ । वनका संस्थापक अध्यक्ष केदार गिरि हुन् । दोस्रो कार्यकालका लागि रुद्र बोहोरा निर्वाचित भए । त्यसपछिका पाँच कार्यकाल गरेर १५ वर्ष परशुराम गिरिले सम्भवतः निर्विरोध जामुनवारी सामुदायिक वनको नेतृत्व गरे । आठौँ अध्यक्षका रुपमा एक कार्यकाल बिताइसकेका खेमराज सिटौला कार्यकाल दोहो¥याउने अठोटसहित चुनावी मैदानमा छन् ।

       तर यस पटक भने सिटौलालाई त्यति सजिलो नहुने देखिएको छ । ‘जामुनवारी सामुदायिक वनको नेतृत्व अब युवाले गर्नुपर्छ’ भन्दै विनोद रानामगरले नयाँ भिजनका साथ अध्यक्षमा उम्मेद्वारी घोषणा गरेपछि उनलाई कार्यकाल दोहो¥याउन सोचेजति सजिलो नहुने भएको हो ।

       नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा राप्रपा र लिम्बुवानमुक्ति मोर्चासँग सहकार्य गरेर प्रगतिशील विकासप्रेमी प्यानल खडा गरेर विनोद राना मगरको नेतृत्वमा रहेका अन्य दुईजना उपाध्यक्ष पदका उम्मेद्वारमा दिलिप राई र विष्णु ओली रहेका छन् । त्यस्तै सचिव पदका उम्मेद्वार सिर्जु खरेल, सहसचिव पुजन बारकोटी र कोषाध्यक्ष पदका उम्मेद्वार बिदुर खड्का रहेको सो प्यानलका निर्वाचन परिचालन कमिटिका संयोजक ईन्द्र पुलामी मगरले जानकारी दिएका छन् ।
    त्यस्तै नेपाली कांग्रेस तर्फको प्यानलबाट अध्यक्षका प्रत्यासी सिटौलासहित उनको प्यानलका दुईजना उपाध्यक्ष पदका उम्मेद्वारमा वुद्धिमान बोहोरा र डबलवहादुर भण्डारी रहेका छन् । त्यस्तै सचिव पदमा मनिता राई , सहसचिवमा बबिता गिरी र कोषाध्यक्ष पदमा यसनाथ अधिकारी रहेको सो प्यानलको निर्वाचन परिचालन समितिका संयोजक मनोज बस्नेतले जानकारी दिएका छन् । उपाध्यक्ष पदकालागि स्वतन्त्र तर्फ धननारायण श्रेष्ठको समेत उम्मेद्वारी परेको बताइएको छ ।

     तीन वर्षे योजनाबद्ध विकासको खाकासहित रानाको दावेदारी :
    अध्यक्षका प्रत्यासी युवा विनोद राना भिन्न ढंगले मतदाता सामु जाँदैछन् । उनी तीन वर्षे योजनाबद्ध विकासको खाकासहित उपभोक्ताको घरदैलोमा पुगिरहेका छन् । ‘जामुनवारी सामुदायिक वनले अत्यन्तै ठूलो सम्भावना बोकेको छ तर आजसम्म त्यसको १०‑१५ प्रतिशतभन्दा बढी सदुपयोग हुन सकेको छैन,’ उनी भन्छन्, ‘मेरो नेतृत्वको टिमले दीर्घकालीन गुरुयोजना बनाएर वन र सिमसार क्षेत्रको प्रवर्धन गर्नेछ ।’

    यो क्षेत्रको भाग्य र भविष्य निर्धारण गर्ने जामुनवारी सामुदायिक वन हेर्दाहेर्दै ओरालो लाग्दै गएको उनको टिप्पणी छ । विगतका नेतृत्वले जति‑जे गरे, त्यसभन्दा माथि वर्तमान नेतृत्वले केही गर्नै नसकेको आरोप उनले लगाए । ‘हामी यो सामुदायिक वनलाई नेपालकै प्रतिष्ठित संस्थाको रुपमा पुनःस्थापित गर्ने उद्देश्यसहित नेतृत्व लिन अघि सरेका हौँ,’ रानाले भने, ‘हामी भिजन र मिसनसहित अघि बढ्छौँ र समूहका उपभोक्तालाई वन, वन पैदावर र वन सम्पदा कति अमूल्य निधि हुन् र यसले मानिसको जीवनस्तर उकास्न कसरी भूमिका खेल्न सक्छ भन्ने प्रमाणित गरेर देखाउँछौँ ।’

       सामुदायिक वनमा अहिले केही काम भए पनि चित्त बुझाउने ठाउँ नभएको उनको तर्क छ । ‘कुनै पनि नेतृत्वसँग योजना छैन, तदारुकता छैन, खर्च गर्ने क्षमता छैन भने केही हुँदैन, यसले हामीलाई झन् पछाडि लैजान्छ,’ उनी भन्छन् । अध्यक्षका प्रत्यासी राना ‘आम उपभोक्ताको चाहना, समृद्ध र समुन्नत जामुनबारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसारको परिकल्पना’ भन्ने नारासहित घरदैलोमा व्यस्त छन् ।

    रानाका पाँच प्रतिबद्धता
    १. अहिलेको कमजोर व्यवस्थापनलाई सुदृढ गर्दै संस्थालाई संस्थागत रुपमा सञ्चालन गर्ने । वर्षभरिका कामको क्यालेन्डर बनाउने, समितिका सदस्यको जिम्मेवारी बाँडफाँड गर्ने र कर्मचारी व्यवस्थापनमा ध्यान दिने,
    २. वन, वन पैदावर, वन्यजन्तुसहित प्राकृतिक सम्पदाको संरक्षणका लागि स्पष्ट योजना बनाएर काम गर्ने,
    ३. वन तथा सिमसार क्षेत्र समुदायको विकासको आधार हो । सिमसार क्षेत्रको विकास र प्रवर्धनका लागि विज्ञहरूसमेतको सहभागितामा स्पष्ट र दीर्घकालीन गुरुयोजना बनाएर कार्यान्वयन गर्ने,
    ४. जामुनवारी सामुदायिक वन कनकाई नगरपालिका १ र २ का ८४१ घरधुरीको साझा संस्था हो र यसबाट प्राप्त हुने सेवा सुविधामा कुनै भेदभाव हुँदैन भन्ने प्रत्याभूति दिलाउने र

    ५. वन कार्ययोजनामा उल्लेख भएअनुसार गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, आत्मनिर्भरता र स्वरोजगारका लागि सीपमूलक तालिम तथा व्यावसायिक सबलीकरणका लागि आर्थिक सहयोगसम्मका योजना बनाएर कार्यान्वयन गर्ने ।

    किन दोहोरिन चाहन्छन् सिटौला ?
    सिटौला दोहोरिन चाहनुका केही कारण छन् । पहिलो कारण विगतमा सुरु गरेका कामलाई टुंगोमा पु¥याउनु । ‘पहिलो तीन वर्षे कार्यकालमा जे‑जति काम सुरु गरेको छु, ती कामलाई योजनाबद्ध ढंगले टुंगोमा पु¥याउनु मेरो दायित्व हो,’ उनले भने, ‘अबको एक कार्यकाल नेतृत्व गर्न पाएँ भने धेरै नतिजामूलक काम हुनेछन् ।’
    खुला प्राणी उद्यान निर्माणका लागि घर‑टहरा निर्माण, सिमसार क्षेत्र प्रवेश गर्ने दुईवटा आकर्षक गेट निर्माण, व्यवस्थित पार्किङ स्थल निर्माण, बाल उद्यान निर्माण सहितका काम उनको कार्यकालका उपलब्धि हुन् । ३५ हजार वर्ग फिटमा इन्टरलकिङ ब्लक बिछ्याइएको छ, सेल्फी स्पोट बनाएका छौँ, चित्तललाई खुला ठाउँमा स्थानान्तरण गर्न १० बिघा जग्गा छुट्याएर काम सुरु भएको छ,’ उनी भन्छन्, ‘चिडियाघरलाई व्यवस्थित बनाउँदै लगिएको छ, पोखरीमा १२ जना क्षमताको स्टिमर ल्याएका छौँ, सिमसार क्षेत्रको विकास र विस्तारका काम सुरु भएको छ ।’

       अध्यक्ष सिटौला सामुदायिक विकासतर्फ पनि आफ्नो कार्यकालमा धेरै काम भएको दाबी गर्छन् । जामुनखाडी‑धनुषकोटी दुई किमी पर्यटनमार्ग कालोपत्रे, जुके कल्भर्टदेखि नगरपालिकाको पुरानो कार्यालय हुँदै भृकुटी मार्ग जोड्ने सडक कालोपत्रे, जामुनवारी ड्रेन निर्माणलगायत सडकतर्फ एक करोड रुपैयाँभन्दा बढीको काम भएको उनको भनाइ छ । ‘यी सबै कामहरू मेरो जित सुनिश्चित गर्ने आधार हुन्, उपभोक्ताले नजिकबाट हेरिरहनुभएको छ, मूल्यांकन गर्नुभएको छ,’ उनले सगर्व भने, ‘शतप्रतिशत मैले जित्छु ।’

       भावी योजना के‑के छन् त ? भन्ने प्रश्नमा उनले भने, ‘अबको कार्यकाल नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बनाउनमा केन्द्रित हुनेछ ।’ जामुनखाडी नेपालकै उत्कृष्ट पर्यटकीय स्थलहरुको लाइनमा रहेर सूचीकृत भएकाले यसको दिगो विकास, पर्यापर्यटन र वन व्यवस्थापनका लागि योजनाबद्ध ढंगले काम अघि बढाउने उनले बताए । ‘सिमसार क्षेत्र, जैविक विविधता तथा वनस्पतिको संरक्षणका साथै यो संस्थालाई समुदायको हितमा जोडेर लैजाने मेरो योजना छ,’ अध्यक्ष सिटौलाले भने ।

    कसले मार्ला बाजी ?
    चुनाव नजिकिँदै जाँदा उपभोक्ता पनि दुई खेमामा विभक्त भएका छन् । मुख्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुसहित उपभोक्ताको चहल पहल बढेसँगै बाजी कसले मार्ला भन्ने विषयमा स्थानीय स्तरमा अन्यौलता छाएको छ । कतिपयले ऊर्जाशील युवा नेतृत्व अबको आवश्यकता भन्दै रानालाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् भने कतिपय अबको एक कार्यकाल सिटौलालाई काम गर्न दिनुपर्ने बताउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका अध्यक्षका प्रत्यासी राना विकास निर्माणका गतिविधिलाई बाहिरै बसेर पनि नजिकबाट नियाल्ने र गलत कामको टिप्पणी र खबरदारी गरिरहने उपभोक्ता मध्येका एक अभयानकर्मीका रुपमा परिचित युवा भएको स्थानीय उपभोक्ता बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.