Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » घरेलु औषधीको भण्डार बन्दैछ सताक्षीधामको गौशाला
    समाचार

    घरेलु औषधीको भण्डार बन्दैछ सताक्षीधामको गौशाला

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण १, बिहीबार १३:२१ गते5 Mins Read

     

        कनकाई खबर \   झापाका बिभिन्न बजारमा सताक्षीधामको गौशालाबाट उत्पादन भएका घरेलु औषधीको माग ह्वात्तै बढ्न थालेपछि एकाएक यो क्षेत्र औषधीको भण्डार बन्न पुगेको छ ।

         पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसालाबाट पंचगव्य घीऊ, गोमय दंत मंजन, गोबरद्वारा निर्मित धुप, हवन सामग्री समेत उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका हरेक बस्तु रसायनमुक्त भएको गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले बताएका छन् । उनका अनुसार पर्यावरणमा पवित्रता ल्याउने अगरवत्तीको धुवांले मानव स्वास्थमा पुर्याउने हानीलाई रोक्नका लागि गोमय धुपको उत्पादन भएको हो । झापाका बिभिन्न बजारमा सताक्षीधामको गौशालाबाट उत्पादित धुपको माग बढेको छ । संरक्षक नन्दकिशोरका अनुसार बजारमा माग बढेपछि गौशालामा उत्पादन पनि बढाउन थालिएको हो ।

     

     गोमूत्रबाट बनाएको गोनायल केमिकल मुक्त र सनातन हुंदा हरेक घरमा गोमूत्र गोनायल प्रयोग गरे घर स्वच्छ र पवित्र पनि हुने भारद्धाजले बताए । ‘यसले फिनेलको काम गर्छ,’ उनले भने । गोबरबाटै बर्मीकम्पोष्ट जिबामृत झोल, गडेउले मल जस्ता जैबिक प्रांगरिक मल पनि गौशालाबाट उत्पादन हुने गरेको छ ।  किसानले बजारमा रासायनिक मल नपाएपछि गौशालाबाट सस्तो मूल्यमा जैबिक मल खरिद गर्न थालेका छन् । शिवसताक्षी ११ का किसान रामबहादुर दाहाल भन्छन, ‘एक ट्याक्टर गडेउले मल ल्याएर धानबारीमा लगाएको छु । बोट सप्रिएर आएको छ । धान उत्पादन पनि सायद बढ्छ ।’ रासायनिक मल अबदेखी खेतमा नलगाउने उनले बताए । जैबिक कृषिले मानव स्वास्थमा फाइदा पुर्याएकै कारण गोबरबाट उत्पादन हुने बस्तुको माग बढेको बताइएको छ ।

         गोरक्षाले प्रकृति पर्यावरण जीव र वनस्पतिको रक्षा हुने र राष्ट्रिय जनावर गाईको पनि सुरक्षा हुने भएकोले गौरक्षाका लागि स्थापना भएको सताक्षीधामको गोलोक गोवर्धन गौशाला सहायक बनेको छ । पर्यावरण रक्षाका लागि पालिएका गाई बुढो भएर मरे सनातनी संस्कार गरेर समाधि स्थलमा एउटा वृक्ष रोप्ने चलन गौशालामा छ ।    मानिसको मृत्युपछि दाह संस्कारमा समेत गाईको गोबरलाई मेसिनद्वारा निर्माण गरिएको दाउराको प्रयोग समेत बढ्न थालेको छ । गौशालाले एउटा मानिसको मृत्यु पछि गरिने शवदहनका लागि एउटा वृक्षले मर्नुपर्र्ने बाध्यतालाई न्यूनिकरण गर्न गोबरको दाउराको प्रयोग बढाएको हो ।

        गोबर र गोमूत्रद्वारा विभिन्न किसिमका मानव स्वास्थ तथा कृषिमा उपयोगी जैविक मल एवं किटनाशक औषधी उत्पादन समेत गौशालामा हुने गरेको छ । उन्नत जातका जुरो भएका स्थानीय जातका गाईको गहुंत प्रशोधन गरी मानव स्वास्थमा उपयोगी औषधी तथा रोग प्रतिरोधात्मक क्षमता भएको गौमूत्र अर्क समेत गौसालमा उत्पादन हुने गरेको छ । गोअर्कको व्यापार फस्टाएको स्थानीयबासी बताउँछन् । नेपालका बिभिन्न ठाँउमा सताक्षीको गोअर्क विक्रि हुने गरेको छ । सर्बसाधरणले घरेलु औषधीको रुपमा गोअर्क प्रयोग गर्ने गरेका छन् । जानकारका अनुसार जुरो भएका र जंगल चरेका गाईको गंहुतमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । बजारबाट गोअर्कको माग आएकाले उत्पादन बढाउने तयारी गौशालाले गरेको बताइएको छ । गोअर्कको विक्रीबाट आएको पैसाले गौशालाको दैनिक खर्च धान्ने गरेको छ ।

        गोलोक गोवर्धन गौशालामा १ सय लिटर दूध, गोमूत्र अर्क ६० लिटर, गोनायल (फिनेल) ६० लिटर,. गोमय दंत मंजन ५ किलो ग्राम,. गोमय धुप ५ किलो ग्राम दैनिक उत्पादन हुने गरेको छ । यस्तै पंचगव्य घीऊ १ किलो ग्राम , प्रांगरिक मल १ सय किलो ग्राम , जीवामृत झोल १ सय लिटर, गडेउले मल १ सय किलो ग्राम र गोमुत्र किटनाशक ५० लिटर उत्पादन हुने गरेको गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले बताए ।

        नस्ल सुधारका लागि समेत १ नम्बर प्रदेशमा लोकप्रिय बन्दै गएको गोलोक गोवर्धन गौशालामा गाईको नस्ल सुधार गरेर उन्नत जातका गीर, साहीबाल, हरियाणा र थारपारकर गाईका बाछा बाछी उत्पादन हुन थालेको गौशालाका संरक्षक नन्दकिशोरले बताए । नस्ल सुधारका लागि गौशालाले नेपाल लगायत भारतका बिभिन्न ठाँउबाट वीउ गोरु ल्याएको थियो ।
    गौसालामा उत्पादन भएका उन्नत जातका वीउ गोरु नस्ल सुधारकालागि समुहलाई पनि दिने गरेको उनले बताएका छन् । गौशालाबाट झापा सहित धनकुटा, इलाम, मोरङ्ग, सुनसरी, संखुवासभा, उदयपुरका जिल्लामा स्थानीयले वीउ गोरु लगेर नस्ल सुधार गरिरहेको गौशालाले जनाएको छ । भेटनरी अस्पताल, कृषक र बन लगायतका समुहले निशुल्क वीउ गोरु गौशालाबाट लैजाने गरेका छन् । यो संख्या २ सय बढी रहेको गौशालाका व्यवस्थापक लिलाशरण सुबेदीले जानकारी दिए ।

        नस्ल सुधार कार्यक्रम सुरु भएपछि जुरो भएका गाईको संख्या गौसालामा बढ्दै गएको छ । गौसालामा गीर, साहीबाल, हरियाणा र थारपारकरका उत्नत जातका गोरु नस्ल सुधारका लागि राखिएका छन् । स्थानीयले नस्ल सुधारका गौसालामा गाई लगे कुनै शुल्क नलाग्ने बताइएको छ । गौशालाको मुख्य उद्धेश्य गाईको नस्ल सुधार गर्नु पनि हो । गौशालाबाट सर्वसाधरण किसानले नस्ल सुधारको मात्र सुविधा पाएका छैनन् । खेत जोत्नका लागि गोरु पनि निशुुल्क पाएका छन् । आर्थिक अवस्था कमजोर भएका स्थानीयले गौशालाबाट खेत जोत्नका लागि गोरु लैजाने गरेका छन् । विपन्न परिवारलाई गौशालाले गोरु दिने गरेको छ ।

       घरमा पालेको गाई बुढो भएर दुध दिन र ब्याउन छाडेको भए गौशालमा ल्याएर अर्को दुधालु गाई किसानले पाउने छन् । नेपालमा कयौं गौशाला भएपनि थारा, बुढा र रोगी गाई ल्याएर कोरली, दुधालु र उन्नत जातको गाई लैजान पाउने गोलोक गोवर्धन गौशाला नेपालमा पहिलो बतेको बताइएको छ । स्थानीयले गौसालाबाट गाई निशुल्क ल्याएर पाल्ने गरेको बताएका छन् । शिवसताक्षी ८ का कृष्ण खरेलले गौशालाबाट बाछी ल्याएको बताए । उक्त बाछीमा उन्नत जातको वीउ गोरु लगाएर व्याएको बाछी लामो जुरो भएको र दुधालु रहेको पनि उनले बताएका छन् ।

         गौशालाले नस्ल सुधारको मात्र कार्यक्रम ल्याएको छैन । गोबर र गोमुत्रबाट उपयोगी बस्तुको पनि उत्पादन हुन थालेको छ । बुढा र थारा गाईको संरक्षण गर्नुका साथै बेरोजगारलाई रोजगार र जैबिक कृषि एवं पर्यावरण रक्षामा गौशालाले अहम् भूमिका खेल्न थालेको स्थानीयबासी बताउँछन् ।  गौशालामा ४ सय गाई गोरुहरु छन् । यहाँ रहेकाका अधिकांस गाई नेपालबाट भारत तर्फ बिक्रीका लागि लैजान लागिएका थिए । तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पालिकाले भारत लैजान लागिएका गाईलाई दशगजा क्षेत्रबाट समातेर गौशालामा ल्याएर संरक्षण दिने गरेका छन् । यसैका कारण गौशालामा गाईको संख्या समेत बढेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.