Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » घरेलु औषधीको भण्डार बन्दैछ सताक्षीधामको गौशाला
    समाचार

    घरेलु औषधीको भण्डार बन्दैछ सताक्षीधामको गौशाला

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण १, बिहीबार १३:२१ गते5 Mins Read

     

        कनकाई खबर \   झापाका बिभिन्न बजारमा सताक्षीधामको गौशालाबाट उत्पादन भएका घरेलु औषधीको माग ह्वात्तै बढ्न थालेपछि एकाएक यो क्षेत्र औषधीको भण्डार बन्न पुगेको छ ।

         पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसालाबाट पंचगव्य घीऊ, गोमय दंत मंजन, गोबरद्वारा निर्मित धुप, हवन सामग्री समेत उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका हरेक बस्तु रसायनमुक्त भएको गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले बताएका छन् । उनका अनुसार पर्यावरणमा पवित्रता ल्याउने अगरवत्तीको धुवांले मानव स्वास्थमा पुर्याउने हानीलाई रोक्नका लागि गोमय धुपको उत्पादन भएको हो । झापाका बिभिन्न बजारमा सताक्षीधामको गौशालाबाट उत्पादित धुपको माग बढेको छ । संरक्षक नन्दकिशोरका अनुसार बजारमा माग बढेपछि गौशालामा उत्पादन पनि बढाउन थालिएको हो ।

     

     गोमूत्रबाट बनाएको गोनायल केमिकल मुक्त र सनातन हुंदा हरेक घरमा गोमूत्र गोनायल प्रयोग गरे घर स्वच्छ र पवित्र पनि हुने भारद्धाजले बताए । ‘यसले फिनेलको काम गर्छ,’ उनले भने । गोबरबाटै बर्मीकम्पोष्ट जिबामृत झोल, गडेउले मल जस्ता जैबिक प्रांगरिक मल पनि गौशालाबाट उत्पादन हुने गरेको छ ।  किसानले बजारमा रासायनिक मल नपाएपछि गौशालाबाट सस्तो मूल्यमा जैबिक मल खरिद गर्न थालेका छन् । शिवसताक्षी ११ का किसान रामबहादुर दाहाल भन्छन, ‘एक ट्याक्टर गडेउले मल ल्याएर धानबारीमा लगाएको छु । बोट सप्रिएर आएको छ । धान उत्पादन पनि सायद बढ्छ ।’ रासायनिक मल अबदेखी खेतमा नलगाउने उनले बताए । जैबिक कृषिले मानव स्वास्थमा फाइदा पुर्याएकै कारण गोबरबाट उत्पादन हुने बस्तुको माग बढेको बताइएको छ ।

         गोरक्षाले प्रकृति पर्यावरण जीव र वनस्पतिको रक्षा हुने र राष्ट्रिय जनावर गाईको पनि सुरक्षा हुने भएकोले गौरक्षाका लागि स्थापना भएको सताक्षीधामको गोलोक गोवर्धन गौशाला सहायक बनेको छ । पर्यावरण रक्षाका लागि पालिएका गाई बुढो भएर मरे सनातनी संस्कार गरेर समाधि स्थलमा एउटा वृक्ष रोप्ने चलन गौशालामा छ ।    मानिसको मृत्युपछि दाह संस्कारमा समेत गाईको गोबरलाई मेसिनद्वारा निर्माण गरिएको दाउराको प्रयोग समेत बढ्न थालेको छ । गौशालाले एउटा मानिसको मृत्यु पछि गरिने शवदहनका लागि एउटा वृक्षले मर्नुपर्र्ने बाध्यतालाई न्यूनिकरण गर्न गोबरको दाउराको प्रयोग बढाएको हो ।

        गोबर र गोमूत्रद्वारा विभिन्न किसिमका मानव स्वास्थ तथा कृषिमा उपयोगी जैविक मल एवं किटनाशक औषधी उत्पादन समेत गौशालामा हुने गरेको छ । उन्नत जातका जुरो भएका स्थानीय जातका गाईको गहुंत प्रशोधन गरी मानव स्वास्थमा उपयोगी औषधी तथा रोग प्रतिरोधात्मक क्षमता भएको गौमूत्र अर्क समेत गौसालमा उत्पादन हुने गरेको छ । गोअर्कको व्यापार फस्टाएको स्थानीयबासी बताउँछन् । नेपालका बिभिन्न ठाँउमा सताक्षीको गोअर्क विक्रि हुने गरेको छ । सर्बसाधरणले घरेलु औषधीको रुपमा गोअर्क प्रयोग गर्ने गरेका छन् । जानकारका अनुसार जुरो भएका र जंगल चरेका गाईको गंहुतमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । बजारबाट गोअर्कको माग आएकाले उत्पादन बढाउने तयारी गौशालाले गरेको बताइएको छ । गोअर्कको विक्रीबाट आएको पैसाले गौशालाको दैनिक खर्च धान्ने गरेको छ ।

        गोलोक गोवर्धन गौशालामा १ सय लिटर दूध, गोमूत्र अर्क ६० लिटर, गोनायल (फिनेल) ६० लिटर,. गोमय दंत मंजन ५ किलो ग्राम,. गोमय धुप ५ किलो ग्राम दैनिक उत्पादन हुने गरेको छ । यस्तै पंचगव्य घीऊ १ किलो ग्राम , प्रांगरिक मल १ सय किलो ग्राम , जीवामृत झोल १ सय लिटर, गडेउले मल १ सय किलो ग्राम र गोमुत्र किटनाशक ५० लिटर उत्पादन हुने गरेको गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले बताए ।

        नस्ल सुधारका लागि समेत १ नम्बर प्रदेशमा लोकप्रिय बन्दै गएको गोलोक गोवर्धन गौशालामा गाईको नस्ल सुधार गरेर उन्नत जातका गीर, साहीबाल, हरियाणा र थारपारकर गाईका बाछा बाछी उत्पादन हुन थालेको गौशालाका संरक्षक नन्दकिशोरले बताए । नस्ल सुधारका लागि गौशालाले नेपाल लगायत भारतका बिभिन्न ठाँउबाट वीउ गोरु ल्याएको थियो ।
    गौसालामा उत्पादन भएका उन्नत जातका वीउ गोरु नस्ल सुधारकालागि समुहलाई पनि दिने गरेको उनले बताएका छन् । गौशालाबाट झापा सहित धनकुटा, इलाम, मोरङ्ग, सुनसरी, संखुवासभा, उदयपुरका जिल्लामा स्थानीयले वीउ गोरु लगेर नस्ल सुधार गरिरहेको गौशालाले जनाएको छ । भेटनरी अस्पताल, कृषक र बन लगायतका समुहले निशुल्क वीउ गोरु गौशालाबाट लैजाने गरेका छन् । यो संख्या २ सय बढी रहेको गौशालाका व्यवस्थापक लिलाशरण सुबेदीले जानकारी दिए ।

        नस्ल सुधार कार्यक्रम सुरु भएपछि जुरो भएका गाईको संख्या गौसालामा बढ्दै गएको छ । गौसालामा गीर, साहीबाल, हरियाणा र थारपारकरका उत्नत जातका गोरु नस्ल सुधारका लागि राखिएका छन् । स्थानीयले नस्ल सुधारका गौसालामा गाई लगे कुनै शुल्क नलाग्ने बताइएको छ । गौशालाको मुख्य उद्धेश्य गाईको नस्ल सुधार गर्नु पनि हो । गौशालाबाट सर्वसाधरण किसानले नस्ल सुधारको मात्र सुविधा पाएका छैनन् । खेत जोत्नका लागि गोरु पनि निशुुल्क पाएका छन् । आर्थिक अवस्था कमजोर भएका स्थानीयले गौशालाबाट खेत जोत्नका लागि गोरु लैजाने गरेका छन् । विपन्न परिवारलाई गौशालाले गोरु दिने गरेको छ ।

       घरमा पालेको गाई बुढो भएर दुध दिन र ब्याउन छाडेको भए गौशालमा ल्याएर अर्को दुधालु गाई किसानले पाउने छन् । नेपालमा कयौं गौशाला भएपनि थारा, बुढा र रोगी गाई ल्याएर कोरली, दुधालु र उन्नत जातको गाई लैजान पाउने गोलोक गोवर्धन गौशाला नेपालमा पहिलो बतेको बताइएको छ । स्थानीयले गौसालाबाट गाई निशुल्क ल्याएर पाल्ने गरेको बताएका छन् । शिवसताक्षी ८ का कृष्ण खरेलले गौशालाबाट बाछी ल्याएको बताए । उक्त बाछीमा उन्नत जातको वीउ गोरु लगाएर व्याएको बाछी लामो जुरो भएको र दुधालु रहेको पनि उनले बताएका छन् ।

         गौशालाले नस्ल सुधारको मात्र कार्यक्रम ल्याएको छैन । गोबर र गोमुत्रबाट उपयोगी बस्तुको पनि उत्पादन हुन थालेको छ । बुढा र थारा गाईको संरक्षण गर्नुका साथै बेरोजगारलाई रोजगार र जैबिक कृषि एवं पर्यावरण रक्षामा गौशालाले अहम् भूमिका खेल्न थालेको स्थानीयबासी बताउँछन् ।  गौशालामा ४ सय गाई गोरुहरु छन् । यहाँ रहेकाका अधिकांस गाई नेपालबाट भारत तर्फ बिक्रीका लागि लैजान लागिएका थिए । तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पालिकाले भारत लैजान लागिएका गाईलाई दशगजा क्षेत्रबाट समातेर गौशालामा ल्याएर संरक्षण दिने गरेका छन् । यसैका कारण गौशालामा गाईको संख्या समेत बढेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.