कनकाई खबर । इलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यरत २२ जना प्रहरीको स्थानीय दुई युवाले निःशुल्क कोरोना बिमा गरिदिएका छन् ।
कनकाई नगरपालिका ४ का झलकरमण भट्टराई र ३ का सुरज रिजालले प्रहरीको बिमा गरिदिएका हुन् । उक्त विमाको पोलिसी विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बुलाई हस्तानतरण गरे ।
कोरोना विमाबाट प्रहरीलाई आफ्नो कर्मक्षेत्रमा खटिनका लागि उच्च मनोवल प्राप्त भएको प्रहरी नायव निरिक्षक लिम्बुले बताए । हामी जहिलेपनि उच्च जोखिममा थियौ तर कोरोना बिमाबाट आफ्नो कार्यक्षेत्रमा काम गर्दा उच्च मनोवल प्राप्त भएको छ सहयोगी हातहरुलाई धन्यावाद छ प्रहरी प्रमुख लिम्बुले बिमा पोलिसी लिदै भने ।
यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रहरीको बिमा गरिदिने युवाको उमेर अनुसार ठुलो पुण्य काम गरेको भन्दै समाजसेवा गर्न उमेर र आर्थिक अवस्था बाधक नहुने भन्दै युवाद्धयको सहयोगी मनले अरुलाई समेत सतमार्गमा हिड्न प्रेरणा दिएको बताए । मानव धर्मको उत्कृष्ट कार्य गरिएको भन्दै नगरपालिकाको तर्फबाट धन्यावाद प्रदान गरे ।
युवाद्धयले कोरोना महामारीमा आफुले थोरै भएपनि अहोरात्र खट्ने प्रहरी र पत्रकारलाई सहयोग गरेको बताए । यसअघि युवाद्धयले कनकाई नगरपालिका र झापा गाउँपालिकाका १७ जना पत्रकारलाई समेत स्वास्थ्य सामाग्री एन ९५ मास्क र सेनेटाइजर प्रदान गरेका थिए ।