Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल
    कनकाई नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ भाद्र १८, बिहीबार २१:०८ गते4 Mins Read
       रसुवा–नुवाकोटको विपद्ले टुहुरा बनाएकामध्ये ५ बालबालिकाको 
    शिक्षा, स्वास्थ्य र भविष्यको जिम्मेवारी लिने घोषणा


    …राहत दिएर मात्र मन शान्त भएन, अब बालबालिकाको भविष्य बनाउन चाहन्छु -गजुरेल

    कनकाई खबर /विपद्ले घरको छानो मात्र होइन, कतिपय बालबालिकाको जीवनबाट अभिभावकको छायासमेत खोसिदिन्छ । रसुवा–नुवाकोट क्षेत्रमा केही दिनअघि आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय क्षति पुर्याइरहेका बेला, त्यसै विपद्का कारण अभिभावक गुमाएर सहारा खोजिरहेका बालबालिकाका लागि झापाको कनकाई–३, सुरुङ्गाबाट एउटा मानवीय आवाज उठेको छ ।

    सुरुङ्गा बजारस्थित होटल क्विनका सञ्चालक तथा सामाजिक व्यक्तित्व विजय गजुरेलले बाढीपहिरोमा अभिभावक गुमाएर अनाथ बन्न पुगेका बालबालिकामध्ये पाँच जनालाई आफ्नो अभिभावकत्वमा लिएर संरक्षण गर्ने घोषणा गरेका छन् । उनले ती बालबालिकाको शिक्षा–दीक्षा, पालनपोषण, स्वास्थ्य उपचार तथा भविष्य निर्माणको जिम्मेवारी आफ्नै सन्तानसरह बहन गर्ने इच्छा सार्वजनिक गरेका हुन् ।

    गजुरेलको यो घोषणा सामान्य राहत सहयोगभन्दा फरक र दीर्घकालीन प्रकृतिको रहेको पाइन्छ । विपद्का बेला खाद्यान्न, कपडा, नगद तथा अन्य सामग्री वितरण गरेर तत्कालीन आवश्यकता पूरा गर्न सकिए पनि अभिभावक गुमाएका बालबालिकाको जीवनमा उत्पन्न हुने दीर्घकालीन अभाव पूर्ति गर्न निरन्तर संरक्षण आवश्यक हुन्छ । यही आवश्यकता महसुस गर्दै आफूले पाँच बालबालिकाको जिम्मेवारी लिन चाहेको गजुरेलले बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै गजुरेलले बालबालिकालाई सुरक्षित घर, गुणस्तरीय शिक्षा, आवश्यक स्वास्थ्य सेवा र सम्मानजनक भविष्य प्रदान गर्ने आफ्नो चाहना रहेको बताएका छन् । उनको भनाइमा विपद्का पीडितलाई सहयोग गर्ने चाहना केवल तत्कालीन राहतमा सीमित छैन । अभिभावकविहीन बन्न पुगेका बालबालिकालाई जीवनको नयाँ बाटो देखाउने उनको उद्देश्य रहेको छ ।

    प्रधानमन्त्री राहत कोषमा सहयोग गरेपछि पनि रोकिएन सेवाको हुटहुटी
    गजुरेलले यसअघि नै बाढी, पहिरो तथा प्राकृतिक विपद्ले प्रभावित नागरिकका लागि राहतस्वरूप १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरिसकेका छन् । उनले प्रधानमन्त्री राहत कोषमार्फत समेत आफ्नो सहयोग प्रदान गरेका थिए ।

    तर राहत रकम उपलब्ध गराएपछि पनि आफूले सामाजिक दायित्व पूरा भएको महसुस नगरेको गजुरेलको भनाइ छ । विपदमा परेका परिवार र अभिभावक गुमाएका बालबालिकाको अवस्था सम्झिँदा थप केही गर्नुपर्ने भावनाले आफूलाई निरन्तर घचघच्याएको उनले बताएका छन् । त्यही मानवीय भावनाबाट प्रेरित भएर उनले पहिलो चरणमा पाँच जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन् ।

    सञ्चारमाध्यम र सांसदलाई सहजीकरणका लागि अपिल
    गजुरेलले आफ्नो चाहना पूरा गर्न सञ्चारमाध्यम, पत्रकार, जनप्रतिनिधि तथा माननीय सांसदहरूलाई समेत सहयोग र सहजीकरणका लागि सार्वजनिक अपिल गरेका छन् । रसुवा–नुवाकोट क्षेत्रमा विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको वास्तविक पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गराउन उनले आग्रह गरेका छन् ।

    बालबालिकाको संरक्षणसँग जोडिएको विषय अत्यन्त संवेदनशील भएकाले सम्बन्धित सरकारी निकाय तथा बाल संरक्षणसम्बन्धी संस्थासँग आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गरेर मात्रै आफ्नो अभियान अघि बढाउने उनको धारणा छ । उनले सार्वजनिक अपिलमार्फत सम्बन्धित निकायसम्म सूचना पु¥याउन सञ्चारकर्मी तथा सांसदहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

    कोरोना कहरदेखि बाढीपहिरोसम्म अग्रपङ्क्तिमा गजुरेल
    गजुरेलको सामाजिक सक्रियता भने यो पहिलोपटक होइन । कोरोना महामारीका बेला होस् वा विभिन्न समयमा देशका विभिन्न भूभागमा आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्—उनले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएका छन् ।

    विपद्का बेला पीडितको पीडा आफ्नै पीडाजस्तो महसुस गर्दै सहयोगका लागि अघि सर्ने उनको स्वभावका कारण स्थानीयस्तरमा उनको सेवाभावको चर्चा हुँदै आएको छ । पछिल्लो समय पाँच बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणाले उनको सामाजिक सेवाको दायरा अझ फराकिलो बनाएको देखिन्छ ।

    राहत वितरण गरेर तत्कालीन समस्या समाधान गर्नेभन्दा अभिभावक गुमाएका बालबालिकाको जीवनसँगै जोडिएर शिक्षा, स्वास्थ्य, पालनपोषण र भविष्य निर्माणमा सहयोग गर्ने उनको घोषणालाई मानवीय सेवाको दीर्घकालीन उदाहरणका रूपमा लिन सकिन्छ ।

    एउटा घर, एउटा विद्यालय र एउटा भविष्यको सपना
    विपद्ले अभिभावक गुमाएका बालबालिकाका लागि सबैभन्दा ठूलो आवश्यकता केवल आर्थिक सहयोग नहुन सक्छ । उनीहरूलाई सुरक्षित वातावरण, आत्मीयता, शिक्षा, स्वास्थ्य सेवा र भविष्यप्रतिको भरोसा आवश्यक हुन्छ ।

    गजुरेलको घोषणाको मूल भावना पनि यही देखिन्छ—विपद्ले खोसेको अभिभावकको स्थान त कसैले लिन सक्दैन, तर अभिभावक गुमाएका बालबालिकालाई जीवनमा फेरि सुरक्षित आधार र भविष्यप्रतिको आशा दिन सकिन्छ ।

    उनले पाँच बालबालिकालाई आफ्नै सन्तानसरह संरक्षण गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्यका लागि जिम्मेवारी लिने इच्छा व्यक्त गरेका छन् । सम्बन्धित निकायसँग आवश्यक समन्वय भएर यो अभियान अघि बढ्न सके यसले विपद्पछि अभिभावकबिहीन बनेका बालबालिकाका लागि नयाँ आशाको ढोका खोल्न सक्ने देखिन्छ ।

    गजुरेलको यो घोषणाले राज्यको जिम्मेवारीसँगै सक्षम नागरिकको सामाजिक उत्तरदायित्वलाई समेत बहसमा ल्याएको छ । प्राकृतिक विपद्का बेला सरकार र सामाजिक संघसंस्थाको सहयोग आवश्यक हुन्छ नै, तर संकटमा परेका नागरिकका लागि व्यक्तिगत तहबाट उठाइने मानवीय कदमले पनि ठूलो अर्थ राख्न सक्ने बताइएको छ ।

    विपद्का पीडितलाई नगद सहयोग गरेर मात्रै नरोकी अभिभावक गुमाएका बालबालिकाको भविष्यसँग जोडिने गजुरेलको इच्छाले समाजमा सहयोगको नयाँ संस्कार विकास गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

    विपद् आउँदा सहयोग गर्ने हात धेरै होऊन्, तर अभिभावक गुमाएका बालबालिकाको भविष्य सम्हाल्ने मन अझ धेरै बनोस्—गजुरेलको घोषणाले यही मानवीय सन्देश दिएको पाइन्छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.