Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कोटीहवनमा २६ थरगोत्रीय बन्धुको ऐतिहासिक एकता, गौतम सर्वसम्मत अध्यक्ष

    २०८३ मंसिर १४, आईतवार ००:३८ गते

    कनकाईमा नवाह ज्ञान महायज्ञ सुरु, जगदगुरु बालसन्तद्वारा उद्घाटन

    २०८३ मंसिर १३, शनिबार २२:३८ गते

    कम्प्युटर शिक्षा अब हरेक नागरिकका लागि अनिवार्य : नगर प्रमुख पोखरेल

    २०८३ मंसिर १३, शनिबार ०८:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा नवाह ज्ञान महायज्ञ सुरु, जगदगुरु बालसन्तद्वारा उद्घाटन
    कनकाई नगरपालिका

    कनकाईमा नवाह ज्ञान महायज्ञ सुरु, जगदगुरु बालसन्तद्वारा उद्घाटन

    कनकाई खबरBy कनकाई खबर२०८३ मंसिर १३, शनिबार २२:३८ गते2 Mins Read

    कनकाई खबर/झापाको कनकाई–६, मन्सापुरमा ‘श्रीमद् भागवत नवाह धनधान्याचल ज्ञान महायज्ञ’ सुरु भएको छ ।

    अनाथ तथा असहाय बालबालिकाको शिक्षादीक्षा, स्वास्थ्य र सुरक्षित आवास निर्माण गर्ने पवित्र उद्देश्यका साथ राधिका फाउन्डेसनको आयोजनामा सुरु भएको यस महायज्ञको पहिलो दिन आज शनिबार भव्य कलश यात्रा तथा उद्घाटन समारोह सम्पन्न भएको छ ।

    महायज्ञको शुभारम्भको अवसरमा आज बिहान कार्यक्रम स्थल मन्सापुरबाट बाजागाजा, झाँकी र भजनकीर्तनसहित कनकाई माई नदीसम्म विशाल कलश शोभायात्रा निकालिएको थियो । स्थानीय आमा समूह, विभिन्न धार्मिक संघसंस्था, विद्यार्थी तथा सर्वसाधारण भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको शोभायात्रामा कनकाई माईको पवित्र जल कलशमा भरेर पुनः यज्ञस्थलमा भित्र्याइएपछि औपचारिक पूजाआजा सुरु गरिएको हो ।

    महायज्ञको उद्घाटन प्रमुख अतिथि नेपालकै प्रथम जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहन शरण देवाचार्यजी महाराजले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै जगद्गुरु देवाचार्यजी महाराजले अनाथ तथा असहाय बालबालिकाको भविष्य निर्माणका लागि थालिएको यस पवित्र अनुष्ठानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

    नौ दिनसम्म सञ्चालन हुने यस अनुष्ठानमा सुप्रसिद्ध भागवतवाचिका एवं भागवत मञ्जरी कथावाचिका राधिका दासीजीबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने बताइएको छ । यसका साथै विभिन्न दिनमा नेपालका सुप्रसिद्ध कथावाचक, विद्वान् एवं विदुषीहरूको प्रवचन रहने आयोजकले जनाएको छ । धार्मिक सहिष्णुता र सद्भावको सन्देश दिँदै महायज्ञमा बौद्ध तथा किराँत धर्मका ज्ञाता एवं अगुवाहरूबाट समेत आ–आफ्नो धर्म, दर्शन, संस्कृति र आध्यात्मिक चेतनासम्बन्धी विशेष प्रवचन प्रस्तुत गरिने कार्यक्रम रहेको जनाइएको छ । कार्यक्रममा नेपालका सुप्रसिद्ध कलाकारहरूको समेत विशेष उपस्थिति रहनेछ ।

    आयोजक संस्था राधिका फाउन्डेसनकी अध्यक्ष राधिका दासीले सडक तथा असहाय अवस्थामा रहेका बालबालिकालाई पारिवारिक वातावरणमा शिक्षा,स्वास्थ्य र आवास प्रदान गर्ने लक्ष्यका साथ महायज्ञको आयोजना गरिएको जानकारी दिएकी छन् । यस्तै, महायज्ञ मूल आयोजक समितिका संयोजक एवं कनकाई नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीले यस पुण्य कार्यलाई सफल बनाउन सम्पूर्ण नगरवासी तथा दाताहरूलाई तन, मन र धनले सहयोग गर्न आह्वान गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कोटीहवनमा २६ थरगोत्रीय बन्धुको ऐतिहासिक एकता, गौतम सर्वसम्मत अध्यक्ष

    २०८३ मंसिर १४, आईतवार ००:३८ गते

    कम्प्युटर शिक्षा अब हरेक नागरिकका लागि अनिवार्य : नगर प्रमुख पोखरेल

    २०८३ मंसिर १३, शनिबार ०८:०९ गते

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कोटीहवनमा २६ थरगोत्रीय बन्धुको ऐतिहासिक एकता, गौतम सर्वसम्मत अध्यक्ष

    २०८३ मंसिर १४, आईतवार ००:३८ गते

    कनकाईमा नवाह ज्ञान महायज्ञ सुरु, जगदगुरु बालसन्तद्वारा उद्घाटन

    २०८३ मंसिर १३, शनिबार २२:३८ गते

    कम्प्युटर शिक्षा अब हरेक नागरिकका लागि अनिवार्य : नगर प्रमुख पोखरेल

    २०८३ मंसिर १३, शनिबार ०८:०९ गते

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.