Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कम्प्युटर शिक्षा अब हरेक नागरिकका लागि अनिवार्य : नगर प्रमुख पोखरेल

    २०८३ मंसिर १३, शनिबार ०८:०९ गते

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    २०८३ मंसिर ११, बिहीबार ०६:३४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कम्प्युटर शिक्षा अब हरेक नागरिकका लागि अनिवार्य : नगर प्रमुख पोखरेल
    कनकाई नगरपालिका

    कम्प्युटर शिक्षा अब हरेक नागरिकका लागि अनिवार्य : नगर प्रमुख पोखरेल

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८३ मंसिर १३, शनिबार ०८:०९ गते4 Mins Read

    कनकाईमा विपन्न तथा जेहेन्दार ३५ विद्यार्थीका लागि तीनमहिने निःशुल्क कम्प्युटर तालिम सुरु

    कनकाई खबर / बदलिँदो समय र प्रविधिको तीव्र विकाससँगै कम्प्युटर शिक्षा अब कुनै निश्चित पेशा वा व्यवसायमा आबद्ध व्यक्तिका लागि मात्र नभई हरेक नागरिकका लागि अनिवार्य आवश्यकता बनिसकेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् । उनले वर्तमान समय सूचना र प्रविधिको युग भएकाले कम्प्युटरसम्बन्धी ज्ञान तथा सीपबिना प्रतिस्पर्धात्मक समाजमा अघि बढ्न कठिन हुने उल्लेख गर्दै प्रत्येक नागरिक प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।

    कनकाई नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा जनकल्याण समाज कनकाई–७, दुर्गापुरको प्राविधिक सहयोगमा विपन्न तथा जेहेन्दार ३५ जना वडाबासी विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको तीनमहिने निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले यस्तो बताएका हुन् । जनकल्याण समाजका अध्यक्ष गोपाल उप्रेतीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नगर प्रमुख पोखरेलले तालिमको उद्घाटन गरेका थिए ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले आजको समयमा सरकारी सेवा, बैंकिङ कारोबार, शैक्षिक गतिविधि, व्यापार व्यवसाय, सञ्चार तथा दैनिक जीवनका अधिकांश काम प्रविधिसँग जोडिँदै गएको बताए । यस्तो अवस्थामा कम्प्युटरसम्बन्धी सामान्य ज्ञानसमेत नहुँदा मानिसले विभिन्न अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउने उनको भनाइ थियो । कम्प्युटर शिक्षा केवल रोजगारी प्राप्त गर्ने माध्यम मात्र नभई व्यक्तिको क्षमता अभिवृद्धि, कार्यसम्पादनमा सहजता र आत्मनिर्भर जीवन निर्माणको महत्वपूर्ण आधारसमेत भएको उनले स्पष्ट पारे ।

    नगर प्रमुख पोखरेलले विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा पढाइमा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी निःशुल्क रूपमा उपलब्ध गराइएको यस्तो अवसरलाई सामान्य रूपमा नलिन आग्रह गरे । आफ्नै मेहनत र लगनशीलताबाट सीप हासिल गर्न सकिने भएकाले तालिममा सहभागी विद्यार्थीले समयको सदुपयोग गर्दै व्यवहारिक ज्ञान प्राप्त गर्नुपर्ने उनको सुझाव थियो । निःशुल्क अवसर प्राप्त भयो भन्दैमा अल्छी गर्ने, खेलाँची गर्ने वा तालिमलाई औपचारिकतामा सीमित राख्ने प्रवृत्ति त्याग्नुपर्ने बताउँदै उनले सिकेको सीपलाई भविष्यमा रोजगारी, स्वरोजगार र उद्यमशीलतासँग जोड्न प्रशिक्षार्थीहरूलाई प्रेरित गरे ।

    उनले स्थानीय तहको विकास भनेको भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नहुने उल्लेख गर्दै नागरिकलाई शिक्षित, सीपयुक्त, सक्षम र आत्मनिर्भर बनाउनु पनि विकासको महत्वपूर्ण पक्ष भएको बताए । स्थानीय सरकारले नागरिकको आवश्यकता र क्षमताअनुसार सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै उनले यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्न सके मात्रै लगानीको सार्थकता पुष्टि हुने बताए ।

    कार्यक्रममा कनकाई नगरपालिका वडा नं. १ की वडा सदस्य एवं तालिम कार्यक्रमकी संयोजक निर्मला खड्काले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । उनले कम्प्युटर शिक्षा वर्तमान समयको आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्दै यसले विद्यार्थीलाई शैक्षिक क्षेत्रमा मात्र नभई रोजगारी तथा स्वरोजगारका अवसर खोज्नसमेत महत्वपूर्ण सहयोग पुर्‍याउने बताइन् । आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर सञ्चालन गरिएको तालिमले उनीहरूको क्षमता विकाससँगै आत्मनिर्भर बन्ने यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

    स्थानीय सरकारले आफ्ना नागरिकलाई सक्षम र आत्मनिर्भर बनाउन विभिन्न प्रकृतिका सीपमूलक तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै वडा सदस्य खड्काले उपलब्ध अवसरको उपयोग गर्न नागरिक स्वयं पनि सचेत र सक्रिय हुनुपर्नेमा जोड दिइन् । सरकारी तथा सामुदायिक स्तरबाट सञ्चालन हुने यस्ता कार्यक्रमलाई सफल बनाउन स्थानीयको सहभागिता, चासो र निरन्तरता आवश्यक रहेको उनको भनाइ थियो ।

    त्यसैगरी जनकल्याण समाजका अध्यक्ष गोपाल उप्रेतीले संस्थाले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै स्थानीय समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर विभिन्न सामाजिक तथा सीपमूलक गतिविधि सञ्चालन गर्दै आएको बताए । विशेषगरी आर्थिक अवस्था कमजोर भएका तर केही सिक्ने र अघि बढ्ने चाहना भएका युवायुवतीलाई लक्षित गरेर सञ्चालन गरिने यस्ता तालिमले उनीहरूको भविष्य निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । स्थानीय सरकारसँगको सहकार्य र प्राविधिक संस्थागत क्षमताको उपयोगबाट समुदायका नागरिकलाई सीप र अवसरसँग जोड्न सकिने बताउँदै अध्यक्ष उप्रेतीले तालिममा सहभागी सबै विद्यार्थीलाई नियमित उपस्थिति, अनुशासन र मेहनतका साथ सिकाइमा केन्द्रित हुन आग्रह गरे । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै भविष्यमा आफ्नो खुट्टामा आफैं उभिन सक्ने जनशक्ति उत्पादन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।

    जनकल्याण समाजका सचिव हर्क ल्वागुनले सञ्चालन गरेको कार्यक्रममा कनकाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुशील पोखरेल, वडा सदस्यहरू दलबहादुर थापा र हरि राई, कनकाई–७ का वडा सदस्य निर्मल आङथुपो, वडा नं. ७ का पूर्ववडाध्यक्ष तथा जनकल्याण समाजका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार सदस्य लिलाबहादुर कन्दङवा, सल्लाहकारहरू प्रल्हादप्रसाद घिमिरे र भक्तबहादुर मेन्याङ्बो लगायत जनकल्याण समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमबारे जानकारी दिँदै संस्थाकी कर्मचारी रञ्जीता नेपालीले विगतका वर्षहरूदेखि नै जनकल्याण समाजको प्राविधिक सहयोगमा कम्प्युटर तालिम सञ्चालन हुँदै आएको बताइन् । यसअघि पनि तालिमको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दै आएकी नेपालीले यसपटकको तीनमहिने तालिममा समेत मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएकी छन् ।

    स्थानीय सरकारको आर्थिक लगानी र सामाजिक संस्थाको प्राविधिक सहकार्यमा सञ्चालित यो कार्यक्रमले ३५ जना विद्यार्थीलाई कम्प्युटर सीप सिक्ने अवसर प्रदान गर्नुका साथै उनीहरूलाई डिजिटल ज्ञान, व्यावहारिक दक्षता र भविष्यमा रोजगारी तथा स्वरोजगारका सम्भावनासँग जोड्ने अपेक्षा गरिएको छ । प्रविधिको पहुँच र सीप विकासलाई समुदायको तल्लो तहसम्म पुर्‍याउने यस्ता कार्यक्रमले स्थानीय स्तरमै दक्ष तथा आत्मनिर्भर जनशक्ति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    २०८३ मंसिर ११, बिहीबार ०६:३४ गते

    केतकी महाकाव्यमा चञ्चु प्रवेश

    २०८३ मंसिर ७, आईतवार २३:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कम्प्युटर शिक्षा अब हरेक नागरिकका लागि अनिवार्य : नगर प्रमुख पोखरेल

    २०८३ मंसिर १३, शनिबार ०८:०९ गते

    लागूऔषध र तस्करी नियन्त्रणमा सक्रिय ढुंगाना झापाको उत्कृष्ट प्रहरी घोषित

    २०८३ मंसिर ११, बिहीबार ०८:४२ गते

    प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै, कनकाईमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    २०८३ मंसिर ११, बिहीबार ०६:३४ गते

    केतकी महाकाव्यमा चञ्चु प्रवेश

    २०८३ मंसिर ७, आईतवार २३:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.