Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अन्तराष्ट्रिय योग दिवसको सुरुवात, महत्व, योग दर्शनको रुपमा भ्रम र वास्तविकता / सन्दर्भ ःअन्तराष्ट्रिय योग दिवस
    कनकाई नगरपालिका

    अन्तराष्ट्रिय योग दिवसको सुरुवात, महत्व, योग दर्शनको रुपमा भ्रम र वास्तविकता / सन्दर्भ ःअन्तराष्ट्रिय योग दिवस

    कनकाई खबरBy कनकाई खबर२०८२ असार ७, शनिबार १२:०० गते6 Mins Read

    शिवकुमार गिरी/

    योग एउटा प्राचीन शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास हो जसले शरीर र मनलाई जोड्दछ । सामान्य अर्थमा योगको शाब्दिक अर्थ जोड्नु भन्ने हुन्छ । यो आत्मालाई परमात्मासँग जोड्ने वा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्ने आध्यात्मिक यात्रा पनि हो भनिन्छ । वर्तमान समयमा योगलाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलाका रूपमा बुझिन्छ ।
    योगले चित्तको वृत्तिलाई निरोध गर्ने काम गर्छ, अर्थात् हाम्रो अस्थिर मनलाई स्थिर बनाउँछ । यसमा विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वासका अभ्यास), ध्यान, र नैतिक सिद्धान्तहरू समावेश हुन्छ /


    अन्तराष्ट्रिय योग दिवसको सुरुवात ः

    अन्तराष्ट्रिय योग दिवस मनाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव राख्नु भएको थियो । उहाँको यो प्रस्तावलाई संयुक्त राष्ट्रसंघका १७७ भन्दा बढी देशले समर्थन गरे, जुन संयुक्त राष्ट्रसंघले घोषणा गरेका दिवसहरू मध्ये सबैभन्दा बढी देशले समर्थन गरेको कीर्तिमान हो । नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यो प्रस्तावलाई पहिलो समर्थन गर्नु भएको थियो ।
    संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ डिसेम्बर ११ मा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने प्रस्ताव पारित गर्यो । सोही अनुसार, पहिलो अन्तर्राष्ट्रिय योग दिवस २१ जुन २०१५ मा मनाइएको थियो । २१ जुनलाई वर्षको सबैभन्दा लामो दिन र सूर्य उत्तरायणबाट दक्षिणायनतर्फ जाने दिन भएकाले यसलाई योग दिवसका रूपमा छनोट गरिएको हो ।

    नेपालमा भने वि.सं. २०३६ सालदेखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रूपमा मनाउन थालिएको थियो, तर अन्तर्राष्ट्रिय स्तरमा २१ जुनलाई मान्यता दिइएपछि नेपाल सरकारले वि.सं. २०७२ साल साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्यो।
    अन्तराष्ट्रिय योग दिवसको महत्व विभिन्न पक्षमा रहेको छ ।


    विश्वव्यापी जागरूकताः यस दिवसले योगको प्राचीन अभ्यास र यसको महत्वबारे विश्वभरका मानिसहरूमा जागरूकता फैलाउन मद्दत गर्दछ ।
    – स्वास्थ्य र कल्याणः योगले शारीरिक र मानसिक स्वास्थ्यका लागि धेरै फाइदा पुर्याउँछ । यसले तनाव कम गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरलाई लचिलो र बलियो बनाउने, रक्तसञ्चार सुधार गर्ने, अनिद्रा कम गर्ने, र मनलाई शान्त पार्ने काम गर्छ । योग दिवसले यी फाइदाहरूलाई जनमानसमा र्पुयाउन मदत गर्दछ ।
    – एकता र सद्भावः योगले “वसुधैव कुटुम्बकमु” (पृथ्वी एक परिवार हो) को भावनालाई बढावा दिन्छ । यसले विभिन्न संस्कृति र पृष्ठभूमिका मानिसहरूलाई एकसाथ ल्याएर शान्ति र सद्भावको सन्देश दिन्छ ।
    – जीवनशैलीको रूपमा योगः आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा योगले मानिसहरूलाई स्वस्थ र सन्तुलित जीवन जिउनका लागि एक उत्तम माध्यम प्रदान गर्दछ । यो दिवसले योगलाई जीवनशैलीको अभिन्न अंग बनाउन प्रेरित गर्दछ ।
    – आध्यात्मिक विकासः योगले शारीरिक र मानसिक स्वास्थ्यका साथै आत्मिक शान्ति र उच्च चेतना प्राप्त गर्न मद्दत गर्दछ । यो दिवसले मानिसहरूलाई आफ्नो भित्री ऊर्जा पत्ता लगाउन र त्यसलाई प्रस्फुटन गर्न प्रेरित गर्ने बिश्वास गर्न सकिन्छ ।
    सारांशमा, अन्तर्राष्ट्रिय योग दिवसले योगको सार्वभौमिक लाभहरूलाई सम्मान गर्दै विश्वभरका मानिसहरुलाई स्वस्थ, सुखी र शान्तिपुर्ण जीवनका लागि योग अभ्यास अपनाउन प्रोत्साहन गर्दछ ।

    योग दर्शनको रुपमा ः

    योग दर्शन हिन्दू दर्शनका छ प्रमुख आस्तिक दर्शनहरूमध्ये एक हो । यसलाई पतञ्जलि योगसूत्रले व्यवस्थित र सूत्रबद्ध गरेको मानिन्छ । योग दर्शनको मुख्य लक्ष्य चित्त (मन) का वृत्तिहरू (गतिविधिहरू) लाई निरोध (रोक्नु) गरी मोक्ष वा समाधि प्राप्त गर्नु हो । यो दर्शनले शारीरिक, मानसिक र आध्यात्मिक शुद्धिलाई जोड दिन्छ ।
    पतञ्जलिले योगलाई योगश्चित्तवृत्तिनिरोधः (योग सूत्र १।२) भनेर परिभाषित गर्नुभएको छ यसको अर्थ हो योग भनेको चित्तका समस्त वृत्तिहरूको निरोध गर्नु हो।
    चित्तः मन, बुद्धि र अहङ्कारको समग्र रूप ।
    वृत्तिः मनमा उत्पन्न हुने विचार, भावना, संवेग र अनुभवका तरंगहरू ।

    योगका अन्य महत्वपूर्ण अवधारणाहरूः
    संस्कार, विगतका कर्म र अनुभवहरूले मनमा छोडेका सूक्ष्म छापहरू जसले भविष्यमा व्यवहारलाई प्रभावित गर्छन योगले यी संस्कारहरूलाई निरोध गरी मुक्ति दिलाउँछ ।
    क्लेशस् अज्ञान, अस्मिता (अहं), राग (आसक्ति), द्वेष (घृणा) र अभिनिवेश (मृत्युको भय) गरी पाँच प्रकारका क्लेशहरूले दुःख उत्पन्न गर्छन योगले यी क्लेशहरूलाई हटाउन मद्दत गर्छ भन्ने विश्वास लिने ग्िरन्छ ।
    अभ्यास र वैराग्यस् पतञ्जलिले योगको सिद्धिका लागि अभ्यास (निरन्तर प्रयास) र वैराग्य (अनासक्ति) लाई महत्त्वपूर्ण मानेका छन् ।
    योग दर्शनले केवल शारीरिक व्यायाम मात्र नभई एक समग्र जीवनशैली, नैतिक आचरण, मानसिक अनुशासन, र आध्यात्मिक उन्नतिको मार्ग देखाउँछ भन्ने मान्यता राखिन्छ । यसले व्यक्तिलाई आन्तरिक शान्ति, आत्मज्ञान र पूर्ण मुक्तितिर लैजाने कुरामा गुरुजनहरुको विश्वास रहेको पाइन्छ ।योगप्रतिको भ्रमहरु ः

    योगप्रति धेरै मानिसको चासो बढ्दै गए पनि, यसका बारेमा केही सामान्य भ्रमहरू अझै पनि व्याप्त छन यी भ्रमहरूले गर्दा धेरै मानिसहरू योगबाट पाउन सकिने पूर्ण लाभ लिनबाट वञ्चित भइरहेका हुन्छन् ।
    योगमा देखिएका केही प्रमुख भ्रमहरू र तिनीहरूको वास्तविकता निम्न रहेका छन् ।

    १. योग भनेको आसन (शारीरिक कसरत) मात्र हो ।
    यो योगको बारेमा सबैभन्दा ठूलो भ्रम हो । योग एउटा व्यापक र समग्र जीवनशैली हो जसमा शारीरिक आसन मात्र एउटा सानो अंश हो । योगका आठ अङ्गहरू (अष्टाङ्ग योग) छन् ।
    यमः नैतिक सिद्धान्तहरू (अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह)
    नियमः व्यक्तिगत आचरणका नियमहरू (शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वर प्रणिधान)
    आसनः् शारीरिक मुद्रा वा कसरत
    प्राणायामः श्वास(प्रश्वास नियन्त्रण)
    प्रत्याहारः इन्द्रिय नियन्त्रण
    धारणाः एकाग्रता
    ध्यानः मेडिटेसन
    समाधिः परम आनन्द वा मोक्ष
    धेरै मानिसहरू आसनलाई मात्र योग सम्झन्छन् तर योगले शारीरिक, मानसिक र आध्यात्मिक पक्षलाई एकसाथ जोड्ने काम गर्ने कुरामा सहयोगि सिद्ध हुने छ ।

    २. योग गर्नका लागि शरीर लचिलो हुनुपर्छ ।

    यो पनि एक ठूलो गलत धारणा हो । योग लचिलोपन बढाउनको लागि गरिन्छ, न कि लचिलो भएपछि मात्र । यदि तपाईंको शरीर कडा छ भने पनि, योग अभ्यासले बिस्तारै तपाईंको लचिलोपन बढाउन मद्दत गर्छ । सुरुवातमा जस्तो अवस्थामा हुनुहुन्छ, त्यहीबाट योग सुरु गर्न सकिन्छ ।
    ३. योग कुनै निश्चित धर्मसँग सम्बन्धित छ ।

    योग कुनै पनि धर्म विशेषसँग सम्बन्धित छैन । यो एक विज्ञान र जीवनशैली हो जसलाई कुनै पनि धर्म, जाति, लिङ्ग वा राष्ट्रियताका व्यक्तिले अपनाउन सक्छन् यद्यपि योगको उत्पत्ति प्राचीन कालमा भएको हो, यसका सिद्धान्तहरू विश्वव्यापी छन् र सबै मानवजातिको कल्याणका लागि हुन भन्नेमा अतिशयोत्त नहोला ।

    ४. योग महिलाका लागि मात्र हो ।

    योग महिला वा पुरुष कसैका लागि मात्र होइन । यो सबैका लागि उपयुक्त छ, चाहे उमेर जतिसुकै होस् शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि पुरुषहरूलाई पनि योग त्यति नै फाइदाजनक हुन्छ जति महिलालाई ।

    ५. योग गर्नका लागि बिहान मात्र समय हुन्छ ।
    योग अभ्यासका लागि बिहानको समय उत्तम मानिन्छ किनभने यो समय शान्त र स्वच्छ हुन्छ । तर, यदि बिहान सम्भव छैन भने, खाली पेटमा जुनसुकै बेला पनि योग अभ्यास गर्न सकिन्छ । महत्त्वपूर्ण कुरा नियमितता हो ।

    ६. योगले सबै रोग निको पार्छ ।
    योगले धेरै रोगहरूलाई रोकथाम गर्न, व्यवस्थापन गर्न र रिकभरीमा मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र मानसिक शान्ति प्रदान गर्छ । यद्यपि, यसलाई डाक्टरी उपचारको विकल्पको रूपमा लिनुहुँदैन । गम्भीर रोग लागेको अवस्थामा योग अभ्यास गर्नुअघि डाक्टरको सल्लाह लिनु अनिवार्य हुन्छ।

    ७. योग महँगो हुन्छ ।
    योग गर्नका लागि कुनै विशेष उपकरण वा महँगो कक्षाको आवश्यकता पर्दैन । साधारण म्याट वा सफा भुइँमा पनि योग गर्न सकिन्छ। अहिले इन्टरनेटमा निःशुल्क भिडियोहरू र स्रोतहरू पनि प्रशस्त मात्रामा उपलब्ध छन् साथै हरेक शहर र ग्रामिण भागमा योगका साधना केन्द्रहरु रहेका र त्यहाँ निशुल्क योग सिक्ने अवसर प्राप्त गर्न सकिन्छ । हाल अएर स्थानिय सरकारले पनि सहयोग गरिरहेको समेत पाइन्छ त्यसैले यो महँगो छैन् ।

    यी भ्रमहरू हटाई योगलाई यसको वास्तविक स्वरूपमा बुझ्न सकेमा यसबाट अधिकतम फाइदा लिन सकिन्छ भन्नेमा दुइमत नहोला ।

    लेखक ः शिवकुमार गिरी, पतञ्जलि योग कनकाई नगर समितिका महासचिव हुनुहुन्छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    बजारमा ग्याँसको अभाव भएसँगै कनकाई नगरपालिकाले गर्यो आकस्मिक अनुगमन

    २०८२ चैत्र ३, मंगलवार २२:३४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.